लेखनाथ पुस्तकालयमा 'अन्तिम कुमारी रात'माथि प्यानल डिस्कनस

खगिन्द्रा खुसी · असोज १८, २०८१ १०:३६ PM
Cover Image for News

असोज १८ चन्द्रगढी झापा

झापाको चन्द्रगढीमा आज स्रष्टा लिला अनमोलको अन्तिम कुमारी रातमाथि प्यानल डिस्कसन भएको छ । लेखनाथ पुस्तकालयको सुकबारे भेलाले आयोजना गरेको उक्त कार्यक्रम लेखनाथ पुस्तकालयकी का.वा.अध्यक्ष खगिन्द्रा खुसीको सभाध्यक्ष्यता तथा साहित्यकार होम सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा प्रा.डा.गंगाप्रसाद अधिकारी, तथा प्रा.डा.ठाकुर प्रसाद पोख्रेलको विशेष आतिथ्य रहेको थियो । पुस्तकालयकी सदस्य निर्मला वाँस्तोला दंगालद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रमको प्यानल डिस्कसनलाई प्राज्ञ मुनाराज शेर्माले सहजीकरण गर्नुभएको थियो भने वक्ताहरु प्रा.डा.ठाकुरप्रसाद पोख्रेल, लता खरेल तथा चन्द्रमणि पौडेलले अन्तिम कुमारी रातमाथि वृहत् वहस गर्नु भएको थियो । उत्साहित तथा सक्रिय सहभागिता रहेको उपस्थित दर्शक स्रोताहरुले समेत वहसको अन्त्यमा कविता सङ्ग्रह तथा वहस गरिएका विषयहरुमा प्रश्न गरेका थिए ।

Photo
       प्रमुख अतिथि तथा विशेष अतिथिबाट दीप प्रज्वलन सहित उद्घाटन गरिएको कार्यक्रमको सन्चालन सचिव हरिकिशोर आचार्यद्वारा गरिएको थियो । प्रत्येक महिनाको अन्तिम सुकबारका दिन गरिने सुकबारे भेला यस पटक भने दशैँको मुखमा पर्ने भएकै कारण एक हप्ता अगाडि नै गरिएको थियो । कार्यक्रममा समालोचक तथा हास्यव्ङ्ग्यकार चूडामणि वाशिष्ठ, कवि विरही अधिकारी, कवि देवीचरण भण्डारी, हरि न्यौपाने, राजेश ढुङ्गाना आरती पोख्रेल, गीता सुवेदी नेपाल, रश्मी असफल, विकास ढकाल सहित पुस्तकालयका कार्यसमिति सदस्य सहित पचास बढी स्रष्टा सर्जकहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि होम सुवेदीले मन्तव्य राख्नुभएको कार्यक्रमको समापन सभाध्यक्ष खगिन्द्रा खुसीले गरेकी थिइन् ।
photo

ट्यागहरू:
सहित्य literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू