लेखक निर्दोष जीवनको १०औं कृति ‘प्रेमको सुगन्ध’आउँदै

दिलिप घिमिरे · माघ १५, २०८२ १०:२५ PM
Cover Image for News

झापा १४ माघ/लेखक निर्दोष जीवनको नयाँ कृति ‘प्रेमको सुगन्ध’आउने भएको छ।यो उनको १० औं कृति हो । 
प्रकाशनको तयारीमा रहेको दुई सय मुक्तक समेटिएको उक्त कृतिलाई गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको हो।
 मुक्तक संग्रहका रूपमा आउन लागेको यस कृतिमा २०० वटा मुक्तक समेटिएको लेखक निर्दोष जीवनले बताए ।´मुक्तकलाई सानो विधा भनेर खासै मान्यता नदिनेहरूबीच टड्कारो रूपमा प्रस्तुत हुन जाँदैछु’, लेखक निर्दोष जीवनले भने । 

 साहित्य लेखनसँगै गायन र सङ्गीतमा समेत रुचि राख्ने निर्दोष जीवन तीनवटै विधामा सक्रिय स्रष्टाका रूपमा परिचित हुुनुहुन्छ । गीत र मुक्तकबाट साहित्यिक यात्रा सुरु गर्नुभएकाे उहाँको पहिलो कृति ‘आशीर्वाद’ (गीत, मुक्तक र हाइकू सङ्ग्रह) हो।यसअघि उहाँका ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोस्टाल्जिया’ गरी नौ कृति प्रकाशित भइसकेका छन्।

नयाँ कृति ‘प्रेमको सुगन्ध’ ले मुक्तक विधामा लेखकको निरन्तर सक्रियता र सिर्जनात्मक यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

ट्यागहरू:
साहित्य #मुक्तक#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।