लघुकथाकार महेन्द्र नेउपानेको दोस्रो लघुकथा सङ्ग्रह ‘चुनावी सेरोफेरो’ सार्वजनिक
झापा २३ चैत्र /लघुकथाकार महेन्द्र नेउपानेको दोस्रो लघुकथा सङ्ग्रह ‘चुनावी सेरोफेरो’ शनिबार सार्वजनिक भएकाे छ ।
सिर्जना अभियान समाजद्वारा आयोजित कार्यक्रममा सभाध्यक्ष ध्रुव मधिकर्मी,प्रमुख अतिथि डा.पुष्करराज भट्ट,विशिष्ट अतिथिद्वय डा.हरिप्रसाद भण्डारी र लता केसी तथा कृतिकार नेउपानेले संयुक्त रूपमा कृतिको सार्वजनिक गर्नुभएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि डा.भट्टले समकालीन लघुकथाको प्रवृत्तिबारे चर्चा गर्दै एकल विषयमा आधारित कृतिको प्रकाशन बढ्दै गएको उल्लेख गर्नुभयाे ।
कृतिमाथि समीक्षा प्रस्तुत गर्दै डा.भण्डारीले ‘चुनावी सेरोफेरो’ शीर्षक सार्थक रहेको बताउँदै निर्वाचन २०८२ को परिवेशलाई सान्दर्भिक र रोचक ढङ्गले प्रस्तुत गरिएको उल्लेख गर्नुभयाे ।
चुनाव घोषणादेखि मतदानसम्मका घटनालाई ५९ वटा लघुकथामा समेटिएको यो किताब भावी पुस्ताका लागि एउटा दस्तावेज बन्न सक्ने विशिष्ट अतिथि लता केसीले बताउनुभयो।
नवकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षको अनुभव र कृषि इन्जिनियरिङ विषयमा स्नातक तथा स्रोत व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको शिक्षालाई साहित्य लेखनमा खर्चेर उत्कृष्ट कृतिहरुको सृजना गरिरहेका न्यौपानेको यस अघि`चन्द्रविनोद´(लघुकथा सङ्ग्रह २०८१ चैत्र)प्रकाशित भइसकेको छ।
कार्यक्रमको सञ्चालन लक्ष्मी वैद्यले गर्नुभएकाे थियाे । कार्यक्रममा विभिन्न स्रष्टा,पाठक तथा साहित्यप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।