कविता प्रतियोगितामा लोकसागर प्रथम

खगिन्द्रा खुसी · असार १६, २०८१ ११:०२ PM
Cover Image for News

पथरी शनिश्चरे नगर स्तरीय खुल्ला कविता प्रतियोगितामा वडा नं. २ का लोकसागर साम्बा प्रथम हासिल गर्न सफल भएका छन् ।
 पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा कला, साहित्य प्रवर्द्धन समितिले  आयोजना गरेको प्रतियोगिताको छनोट तीन चरणमा गरिएको थयो । पहिलो चरणमा अघिल्लो हप्ता स्थानीय २४ जना कविहरुको प्रतियोगिताबाट दश उत्कृष्ट कविहरुको छनोट गरिएको थियो भने आज दुई चरणका प्रतिष्पर्धाबाट अन्तिम चार उत्कृष्ट कवि छनोट गरिएको हो । आजको पहिलो चरणमा दशकविले आफूले ल्याएका कविता प्रस्तुत गरेका थिए भने त्यस प्रतिस्पर्धाबाट छानिएका चारजनाले निर्णायकहरुले दिएको झरी शीर्षकमा तत्काल कविता लेखी सुनाएका थिए । तिनै कविताको मूल्याङ्कन गरी प्रथम, दोस्रो, तेस्रो र सान्त्वना छुट्याइएको थियो । सोही मूल्याङ्कनबाट प्रथम स्थान हासिल गरेर साम्बाले नगद रु. १५ हजार सहित प्रमाण–पत्र प्राप्त  गरेका थिए ।
 प्रतियोगितामा रेडस्टार बोर्डिङ स्कुलकी छात्रा प्रसुना तिम्सिनाले दोस्रो स्थान प्राप्त गरी रु.१००००।- सहित प्रमाणपत्र, सिंहबाहिनी मा.वि.की छात्रा लाजिमा सुन्दासले तेस्रो स्थान प्राप्त गरी रु.५०००।- सहित प्रमाणपत्र, तथा सिंहबाहिनी मा.वि.कै पवित्रा खनालले सान्त्वना स्थान प्रान्त गरी रु.२०००/- सहित प्रमाणपत्र प्राप्त गरेका थिए । तीन चरणका निर्णायकहरुमा कवि बिन्दु दाहाल मुकदर्शक, कवि विष्णु न्यौपाने, कवि किशोर कोइराला, कवि हेमन यात्री तथा खगिन्द्रा खुसी रहेका थिए । 

पथरी शनिश्चरे नगरका निवर्तमान नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरका प्रवक्ता नवीन कार्की, वडा नं. २ का अध्यक्ष नैना राई, वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेत लगायतको उपस्थिति रहेको थियो । कला साहित्य प्रवर्द्धन समितिका अध्यक्ष धनराज राई (अमिर)को सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार लक्ष्मीप्रसाद फुयाल, टेलिसिरियल निर्देशक हरेन्द्र खत्री, नाटक लेखक निर्देशक जीवन बराल लगायतको सक्रियता रहेको थियो । लक्ष्मीप्रसाद फुयाँलको संयोजन रहेको कार्यक्रममा पत्रकार तथा कवि भुपेन्द्र तिम्सिनाले कविता सम्बन्धी बिचार ब्यक्त गरेका थिए । कार्यक्रममा नृत्य तथा नाटक समेत प्रस्तुत गरिएको थियो । 

ट्यागहरू:
सहित्य कविता literature photos news samachar
टिप्पणीहरू
User
जेबि राई
२ महिना अगाडि

हार्दिक बधाई !

सम्बन्धित पोस्टहरू