कवि तथा सन्चारकर्मी अनमोलको 'अन्तिम कुमारी रात' विमोचन
झापा- श्रावण १३ साहित्यकार लीला अनमोलको कविता सङ्ग्रह 'अन्तिम कुमारी रात'को विमोचन भएको छ । झापामा रहेर विगत पच्चीस वर्षदेखि साहित्य तथा सन्चारका क्षेत्रमा क्रियाशील बहुप्रतिभाशाली व्यक्तित्व अनमोलका यस अघि बाँसुरी कविता सङ्ग्रह तथा दुख्छ गजल सङ्ग्रह प्रकाशित भइसकेका छन् । विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारहरुबाट पुरस्कृत अनमोलको तेस्रो कृतिको रुपमा आएको यो कविता सङ्ग्रहको विमोचन हिँजो श्रावण १२ गते काठमाडौँको भृकुटीमण्डपमा भएको एक कार्यक्रका बीच गरिएको हो । सात प्रदेशका १४ कविहरुद्वारा कविता वाचन गरिएको 'एपेक राष्ट्रिय महोत्सव'को कार्यक्रममा चौध कवि मध्येकी एक वाचक लीला अनमोलको यो कविता सङ्ग्रहको विमोचन समेत सोही कार्यक्रममा गरिएको थियो । कविता सङ्ग्रहलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छ । 
ट्यागहरू:
सहित्य
कविता
literature
samachar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
साहित्यिक पत्रकार सङ्घले सम्मान एवम् पुरस्कार समर्पण
दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
अन्तर्राष्ट्रिय बुकर पुरस्कारको अन्तिम ६ पुस्तकको सूची सार्वजनिक
दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
उपन्यासकार नीलम कार्की निहारिकाको ‘राजमाता’ सार्वजनिक
दिलिप घिमिरे - बिहिबार २ अप्रिल २०२६
कवि तथा साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार
खगिन्द्रा खुसी - शुक्रबार २७ मार्च २०२६