कवि राजेश ढुङ्गानाको कृति"मुटु फलाम भएर"को चर्चा परिचर्चा सम्पन्न

खगिन्द्रा खुसी · साउन २९, २०८३ ९:१३ PM
Cover Image for News

शाउन २९, झापा ।लेखनाथ पुस्तकालयद्वारा आयाेजित नियमित मासिक 'सुकबारे भेला'मा कवि राजेश ढुङ्गानाद्वारा रचित 'मुटु फलाम भएर' नामक कृतिको चर्चा-परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डेडदर्जन कविहरुले कविता वाचन गर्नुभएकाे थियाेभने भने ढुङ्गानाको कृतिको चर्चा समालोचक तारा विविधले गर्नुभएकाे थियोे । साहित्यकार हाेम सुवेदीले स्वागत गर्नुभएको र गुरुकुलका वटुकहरुद्वारा स्वस्तिवाचन गरिएको  कार्यक्रममा दीप प्रज्वलनसहित उद्घाटन आमन्त्रित प्रमुख व्यक्तित्व साहित्यकार राजेन्द्र संग्राैलाले गर्नुभएको थियोे । कार्यक्रमकाे सञ्चालन पुस्तकालयका सचिव हरिकिशाेर आचार्यले गर्नुभएको थियाे ।

  लेखकलाई शुभकामना मन्तव्य वरिष्ठ पत्रकार चिन्तामणि दाहाल, कवि केशव आचार्य लगायतले दिनुभएको कार्यक्रममा धन्यवाद ज्ञापन कृतिकार कवि राजेश ढुङ्गानाले गर्नुभएको थियाे !  

      झापाका धेरै साहित्यकारकाे उपस्थिति भएको सो कार्यक्रममा हलभरी उपस्थित अतिथिहरुले कार्यक्रमभरी धैर्य गरेर कविता श्रवण गर्नु भएको समाचार साहित्यकार कृष्ण सुवेदी निराकारबाट प्राप्त भएको छ ।

  

ट्यागहरू:
सहित्य कविता समाचार
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।