कोलम्बस्मा स्वीकारोक्ति विमर्श गरिने
अमेरिकाको कोलम्बसमा स्वीकारोक्ति विमर्श हुने भएको छ । कार्यक्रम विश्व भूटानी साहित्यिक संगठन(जिबिएल्ओ) तथा स्वीकारोक्ति फाउन्डेसनको आयोजनामा सेप्टेम्बर महिनाको २९ तारिक अर्थात असोज १३ गते आइतबारका दिन विहान दश देखि बाह्र तीस सम्म सम्पन्न हुनेछ । गएको वर्षदेखि विश्व साहित्यिक यात्रा गरिरहेको स्वीकारोक्ति फाउन्डेसनले नेपाल भारत तथा विश्वका विभिन्न देशमा पुगेर कार्यक्रमहरु गर्दै अइरहेको छ । सोही विश्वयात्राकै कार्यक्रम अन्तर्गत यस पटक अमेरिका कोलम्बसको ओहायोमा स्वीकारोक्ति डिस्कोर्स गरिने भएको हो । कार्यक्रममा स्वीकारोक्ति दर्शन तथा यसको सकारात्मक प्रभाव र समाज रूपान्तरणका विषयमा छलफल हुनेछ भने विभिन्न साहित्यिक स्रष्टाहरुका सिर्जना तथा रचना समेत वाचन हुनेकुरा जिबिएलओका महासचिव पातलो अन्तरेले जानकारी दिएका छन् ।
ट्यागहरू:
सहित्य
news
samachar
sahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
झोराहाटमा ‘स्रष्टा सम्मान तथा गाउँमा कविता कार्यक्रम´ सम्पन्न हुने
खगिन्द्रा खुसी - शुक्रबार ३० अक्टोबर २०२६
यसवर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ कवि भूपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई
खगिन्द्रा खुसी - बिहिबार २९ अक्टोबर २०२६
नारी स्रष्टा समाज नेपालले चार जना स्रस्टालाई सम्मान गर्ने
खगिन्द्रा खुसी - बुधबार २८ अक्टोबर २०२६
पद्मावती सिंहलाई ‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०८२’ अर्पण
खगिन्द्रा खुसी - बुधबार २८ अक्टोबर २०२६