कोलम्बस्मा स्वीकारोक्ति विमर्श गरिने
अमेरिकाको कोलम्बसमा स्वीकारोक्ति विमर्श हुने भएको छ । कार्यक्रम विश्व भूटानी साहित्यिक संगठन(जिबिएल्ओ) तथा स्वीकारोक्ति फाउन्डेसनको आयोजनामा सेप्टेम्बर महिनाको २९ तारिक अर्थात असोज १३ गते आइतबारका दिन विहान दश देखि बाह्र तीस सम्म सम्पन्न हुनेछ । गएको वर्षदेखि विश्व साहित्यिक यात्रा गरिरहेको स्वीकारोक्ति फाउन्डेसनले नेपाल भारत तथा विश्वका विभिन्न देशमा पुगेर कार्यक्रमहरु गर्दै अइरहेको छ । सोही विश्वयात्राकै कार्यक्रम अन्तर्गत यस पटक अमेरिका कोलम्बसको ओहायोमा स्वीकारोक्ति डिस्कोर्स गरिने भएको हो । कार्यक्रममा स्वीकारोक्ति दर्शन तथा यसको सकारात्मक प्रभाव र समाज रूपान्तरणका विषयमा छलफल हुनेछ भने विभिन्न साहित्यिक स्रष्टाहरुका सिर्जना तथा रचना समेत वाचन हुनेकुरा जिबिएलओका महासचिव पातलो अन्तरेले जानकारी दिएका छन् ।
ट्यागहरू:
सहित्य
news
samachar
sahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
वाराणसीमा डा.इन्दुप्रभा देवी र राजु प्रधानलाई मदन स्मारक सम्मान समर्पण
दिलिप घिमिरे - सोमबार २७ अप्रिल २०२६
तेराख साहित्य प्रतिष्ठानको आठौं वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - आइतबार २६ अप्रिल २०२६
खेम शर्माले एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान
दिलिप घिमिरे - शनिबार २५ अप्रिल २०२६
“मनदेखि मनसम्म” को सातौं (७) श्रृंखला कोलम्बसमा हुने
शेखर काकु - शुक्रबार २४ अप्रिल २०२६