कलाकार सिताराम कट्टेल `धुर्मुस´ र कुन्जना घिमिरे `सुन्तली´ अमेरिकामा सम्मानित ।
झापा, माघ २२ । कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली अमेरिकामा सम्मानित ।
ओमाहा, नेब्रास्का — अमेरिकाको ओमाहा स्थित ग्रेट इभेन्ट्स सेन्टरमा आयोजित “धुर्मुस–सुन्तली भेटघाट कार्यक्रम”ले नेपाली समुदायको गहिरो माया, सम्मान र एकताको जीवन्त चित्र प्रस्तुत गरेको छ। हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई नेपालका विपत् प्रभावित समुदायको लागि एकीकृत बस्ती निर्माण, स्वास्थ्यसेवा सहयोग र राष्ट्रिय गौरव बढाउने परियोजनामा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार कर्ण गुरूङ, खड्क गजमेर, भिम गुरूङ तथा डा.कुमार गुरूङले “ धुर्मुस र सुन्तलीले हस्यकलाबाट नेपाली समाजमा पुर्याएको योगदान र नेपालको विकासमा गरेको योगदानलाई उच्च मुल्यकन गरी सम्बोधन गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूको सहभागिताले विदेशमा रहेपनि नेपाली समुदाय कति संगठित, संवेदनशील र एकअर्काप्रति जिम्मेवार छ भन्ने सन्देश दिएको आयोजक पक्षको भनाइ छ । सो कार्यक्रम केवल सम्मानमा सीमित नरही नेपाली कला, संस्कृति र सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धताको प्रतीक बनेको देखिन्थ्यो ।
विदेशी भूमिमा बसेर पनि नेपाल र नेपालीप्रतिको माया यसरी झल्किनु गर्वको विषय भएको उल्लेख गर्दै धुर्मुस–सुन्तलीले आगामी दिनमा पनि समाजका लागि सकारात्मक काम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली कला, संस्कृति र सामाजिक उत्तरदायित्वप्रति साझा प्रतिबद्धता झल्काउने ठुलो सहभागिता रहेको थियो, जसले विदेशमा रहेर पनि नेपाली समुदायको संगठित, संवेदनशील र जिम्मेवार पहिचान उजागर गरेको अमेरिकाबाट पत्रकार अर्जुन प्रधानले जानकारी दिएका छन् ।