जानुका गुरागाईंको बहर
बहर: हजज मुसम्मन मकबुज
अर्कान: १२१२ १२१२ १२१२ १२१२
गजल
सुरम्य भावले सधैँ मिठास घोल्दछन् उनी
बुझेर मर्म प्रेमको निकास खोल्दछन् उनी
सिको गरेर अन्तको हिँड्यौ तिमी निरन्तर
परन्तु दूर देशमा स्वदेश बोल्दछन् उनी
खोजेर हिँड्दछौ तिमी सुमार्गका गुफाहरू
पठार कष्टका सबै सहज छिचोल्दछन् उनी
बन्यौ तिमी हिमायती खराब सोचका निकै
विषाक्त रागका सधैँ समूल पोल्दछन् उनी
दिएर साथ दुष्टको हिँड्यौ तिमी बरोबर
परन्तु जाल भ्रष्टका सबै बिथोल्दछन् उनी
जानुका गुरागाईँ, झापा
रचना मिति: २०८०भदौ १५
ट्यागहरू:
सहित्य
गजल
टिप्पणीहरू
Karna Gurung
११ महिना अगाडि
Sundar
सम्बन्धित पोस्टहरू