इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ समालोचनात्मक ग्रन्थ लोकार्पण

दिलिप घिमिरे · माघ ६, २०८२ ११:०९ PM
Cover Image for News

झापा ५माघ/समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले प्रा.डा. दयाराम श्रेष्ठद्वारा लिखित समालोचनात्मक ग्रन्थ ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ राजधानीमा आयोजित एक समारोहबीच सोमबार लोकार्पण गरिएको छ। 

वानीरा फाउन्डेसनको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. त्रिपाठीले नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा.डा. दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईका कथामाथि गहन र न्यायपूर्ण समालोचना प्रस्तुत गरेको उल्लेख गरे।
 
 कृतिका लेखक प्रा.डा. दयाराम श्रेष्ठले ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’मा कथासम्बन्धी आफ्ना सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारिएको बताउँदै यो ग्रन्थ आफ्नो प्रयोगात्मक अध्ययनको नमुना तथा समालोचनात्मक अभियानको पहिलो कोसेली भएको धारणा राखे।

त्रिभुवन विश्वविद्यालय,नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा.दयाराम श्रेष्ठ नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि हुनुहुन्छ।उहाँले छत्तीस वर्ष प्राध्यापन गर्नुभएको थियो।उहाँका तीस वटा कृति प्रकाशित भइसकेका छन्।

फोटो
नइ एकेडेमीबाट प्रकाशित उक्त ग्रन्थमाथि टिप्पणी गर्दै प्रसिद्ध समालोचक प्रा. केशव सुवेदीले यस कृतिलाई नेपाली कथा समालोचना परम्पराको नव आयाम भन्दै कथाका अध्येता र अनुसन्धानकर्ताहरूका लागि मार्गदर्शक कृति हुने विश्वास व्यक्त गरे।
समारोहमा कथाकार इन्दिरा प्रसाईले प्रस्तुत ग्रन्थलाई आफ्नो लेखन यात्राको स्वर्णिम उपलब्धिको रूपमा व्याख्या गरिन्।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको सभापतित्वमा सम्पन्न समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा. ऋषिराम शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईले कृतिको महत्त्व र सन्दर्भमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकालले नेपाली साहित्यकी रत्न वानीरा गिरीको सम्मानमा काठमाडौं महानगरपालिकाले उक्त क्षेत्रलाई ‘वानीरामार्ग’ नामकरण गरेको जानकारी दिएका थिए
 

ट्यागहरू:
सहित्य#समालोचना #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।