इलाममा समता साहित्य उत्सवको पाँचौं संस्करण सम्पन्न

दिलिप घिमिरे · माघ १६, २०८२ ११:०४ PM
Cover Image for News

झापा१५माघ/शब्द,सिर्जना र प्रेरणाको उत्सवका रूपमा परिचित समता साहित्य उत्सवको पाँचौं संस्करण इलामस्थित समता स्कुलमा बिहीबार सम्पन्न भएको छ । 
विद्यार्थीहरूमा नेपाली भाषा,साहित्य र सिर्जनात्मक चेतनाको विकास गर्ने उद्देश्यसहित समता स्कुल पूर्वी कन्सोर्टियमद्वारा आयोजित उक्त उत्सव साहित्यिक विचार,सिर्जना र सांस्कृतिक प्रस्तुतिले भरिपूर्ण रह्यो । 

कार्यक्रमका प्रमुख अतिथि भारतको दार्जिलिङका
 प्रख्यात कवि महेन्द्र स्याङ्बो तथा विशिष्ट अतिथि
 प्राध्यापक युद्धप्रसाद वैद्य रहेका थिए।कार्यक्रम
 संयोजक कवि विमल वैद्यले कार्यक्रमको अध्यक्षता गरेका थिए।

फोटो
कार्यक्रममा साहित्य र विद्यालयबीचको अन्तरसम्बन्ध विषयमा डा.देवी क्षेत्री दुलालले विचारोत्तेजक सम्भाषण प्रस्तुत गरे भने पर्यालेखनका विषयमा साहित्यकार तथा अनुवादक समदर्शी काइँलाले गहन धारणा राखेका थिए।साहित्य उत्सवमा कवि प्रकाश थाम्सोहाङ,विवश बलिभद्र कोइराला,अभागी थेगुवा,अन्वेश थुलुङ,निवाता चावा,दीपेन्द्र आचार्य,गजेन्द्र राईलगायत २५ जना कवि तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो । उपस्थित सबै स्रष्टाहरूले आ-आफ्ना उत्कृष्ट साहित्यिक सिर्जना वाचन गर्दै समता स्कुल पूर्वी कन्सोर्टियमले साहित्यप्रति देखाएको अपनत्वको खुलेर प्रशंसा गरे ।

कार्यक्रमलाई थप आकर्षक बनाउन भूपेन्द्र राईले
सेक्सोफोनमार्फत पुराना सदाबहार धुनहरू प्रस्तुत
गरेका थिए भने गायक राजेश चाम्लिङ राईले गीत
प्रस्तुत गरी अतिथि तथा विद्यार्थीलाई मनोरञ्जन
प्रदान गरेका थिए।त्यस्तै कार्यक्रमका संयोजक कवि बिमल बैद्यले समता साहित्य उत्सवले विद्यार्थीमा साहित्यिक चेतनाको विकास गर्न मद्धत गरेको उल्लेख गरे।कार्यक्रमकै क्रममा आयोजित'अन्तर समता कविता वाचन प्रतियोगिता'मा इलामकी सोफिया थेबे प्रथम,लहानकी लक्ष्मी साह द्वितीय तथा इटहरीकी कञ्चना पौडेल तृतीय हुन सफल भएका थिए ।
फोटो
कार्यक्रमको समापन गर्दै आयोजकले समता साहित्य उत्सवको छैठौं अध्याय आगामी वर्ष झापाको दमकस्थित समता स्कुलमा आयोजना
जानकारी दिएका छन्।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #पठन संस्कृति #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।