ह्यारिसबर्गको मन - मनदेखि मनसम्म

पेन्सिलभेनियाको ह्यारिसबर्ग शहर । नेपालीहरुको बाक्लो बसोबास । यहि शहरमा अबस्थित छ डेरि स्ट्रीट । जहाँ नेपालीहरु ग्रोसरी पसल , सुनचाँदी पसल , कपडा पसल लगायतका पसलहरु खोलेर पेसा ब्यबसाय गर्छन । यही स्ट्रीट्मा अबस्थित छ मम्स मम नामको नेपाली खाजा घर । खाजा घर मानौ नेपाली जनजीवन झल्काउने संग्राहलय हो । नेपाली जनजीवनमा प्रयोग हुने र भै रहेका अनेकन सामग्रीहरु यहाँ सङ्ग्रहित छन । एकातिर ढिकी र जाँतो छ । कसौडीमा भात पाक्दैछ । भित्तामा घुम झुण्डिएको छ । भान्साको चुलेसी , धामीको ढ्याङ्रो , रोदीको मादल , मकैको थाङ्ग्रो , एकातिर हलो र जुवा , भित्तामा टाँगिएको पुरानो रेडियो, डोका , डाला र थुन्से , परालको गुन्द्री , राडी ओछ्यएको घरको पिढी घर नजिकै पानी भर्ने धारो । यी र यस्ता अनेकन सामग्रीले भरिएको यो खाजा घर धेरैको लागि पर्यटन अबलोकन गर्ने केन्द्र भएको छ । नेपाली स्वादको खाजाका लागि यो जति प्रसिद्द र परिचित छ त्यसरी नै नेपाली कला साहित्य, गीत, संगीतको आयोजना गर्ने केन्द्रका रुपमा पनि मम्स ममले आफ्नो परिचय बनाईरहेको छ । यस खाजा घरका संचालक अगम गुरुङ आफै गीत संगीतका साधक हुन । उनी मुलतः गीत रचना र संगीत आफै गर्छन र विभिन्न प्रकारका साङ्गीतिक र साहित्यिक कार्यक्रमको ब्यबस्थापन आफै गर्छन ।
त्यसपछीको बातावरण काब्यमय बन्यो । उपस्थित सबै चुपचाप शान्त भएर कविताको सागरमा मानौ प्रबेश गरेका छन एकाग्र भएर । यस्तो लाग्थ्यो , कसैले खोक्नु पर्यो भनेपनी त्यो आवाज घाँटीभित्रै दबिएर अरुको एकाग्रता नबिथोलिने गरि निस्किएको होस । पहिलो कवि थिए सबैका प्राय चिरपरिचित कवि परमानन्द अधिकारी उनले नयाँ बर्ष शिर्षकमा छन्दको कविता वाचन गरे । त्यसपछी मंचमा देखा परे लक्ष्मी दुलाल । कविहरुको संगतमा परेर भर्खर कविता लेख्न थालेको कुरा सुनाएर आफ्नो रचना वाचन गरेका यी कविले निक्कै माझिएको परिपक्क कविता सुनाए । बसन्तको पुनर्जन्म नामको यिनको कवितामा उनिएका शब्दहरु निक्कै सुन्दर तर सरल थिए ।
ओम घिमिरे नेपाली भाषालाई अत्यन्त माया गर्ने ब्यक्ती हुन । उनी आफूमात्र होइन अरुलाई पनि भाषा र संस्कृतिलाई प्रेम गर्न उत्प्रेरित गर्छन । समाजमा बड्दै गएको सम्बन्ध बिच्छेद र त्यसले भावी पुस्तालाई पारेको प्रभावका बारेमा यिनले कविता मार्फत सचेत हुन आग्रह गरेका छन । मिलन बिछोड यिनको कविता चेतना प्रवाह गर्ने खालको छ । मोबाइलको प्रयोगको सकारात्मक र नकारात्मक प्रभावका बारेमा ब्यङ्गात्मक शैलीको कविता सुनाएर वाहवाही कमाउन सफल भए दिपेश चापागाई । यन्त्र साथी शीर्षक कविताले गम्भीर स्रोतालाई पनि कुतकत्याएर हंसाउन सफल भएको थियो । डि पि दुलालले केही टुक्रा भनेर कृत्रिम आत्मियताको स्वरुपको चर्चा आफ्नो सिर्जना मार्फत गरेका थिए । यी विभिन्न बिषयमा कविता लेखेर प्रस्तुत गर्ने चिरपरिचित स्रष्टामा पर्छन । मन देखि मन सम्मको चर्चा सुनेर फिलाडेल्फियाबाट कार्यक्रममा सहभगिता जनाउन आएका गायक निशान सापकोटाले ठूलो सपना बोकेर अमेरिका आएको यहाँ त फोहर बोकेर हिड्नु पर्ने रहेछ भन्ने आसयको एकटुक्रा सुनाएर कार्यक्रमलाई रमाइलो बनाए ।
कविताको यो काब्यमय परिवेशमा आइपुगिन पछिल्लो पुस्ताकी एक युवती । मंचमा निकै आत्मविश्वासका साथ प्रस्तुत भएकी यी नव सर्जकलाई देख्ने र सुन्ने अवसर मैले पाएको थिइन । कामना धिमाल कविता वाचन गरिरहदा मंचलाई सहजै सामना गरिरहेकी थिइन । यिनले आफ्नो लेखनीलाई निरन्तरता दिइन भने नेपाली काव्य जगतले एउटा राम्रो हस्ताक्षर प्राप्त गर्नेछ भन्ने लाग्छ । बालापनको याद शिर्षकको उनको कवितामा उनले उनलाई छोड्दै गरेको बालापन संझिएकी छन । कवितामा प्रयुक्त शब्द संयोजन, भाषा शैली र प्रस्तुतिले यिनमा अलि स्थापित हुदैगरेका कविहरुको बान्की कविता र प्रस्तुतीमा पाइन्छ । उनी सङ्ग साहित्यले आशावादी हुने प्रसस्त आधार उनको कविताले दिएको छ र पछिल्लो पुस्तालाई उत्प्रेरित गर्न सके भाषा र साहित्य जगतले निराश हुनु नपर्ने सन्देश उनको उपस्थितिले अघिल्लो पुस्तालाई दिएको छ । गोबिन्द अधिकारी गायन क्षेत्रमा संघर्ष गर्दै गरेको प्रतिभा हुन । मन देखि मन सम्म कार्यक्रमले कविता लेख्न प्रेरित गर्यो भन्ने यिनले सुनाए एक स्वैर कल्पना, भ्रमित आनन्द अनि यथार्थ । कविताले सपनाभित्र अर्को सपना देखेको कुराको चित्रण गरेको छ । बास्तविकता हुन्छ एउटा तर बुझ्नेले अर्कै बुझिदिन्छ र त्यसले बास्तविकतामा अनिष्ट निम्याउछ । कविता लाई अझ बाध्न सके राम्रो हुन्छ अलि आख्यानात्मक जस्तो सुनिए पनि यसबाट काब्यिक आनन्द भने पाइन्छ । देबिका बरालले माया शिर्षकको कवितामा मायाका अनेक रुपको चित्रण गरेकी छन । माया घाम पनि भएको छ पानी पनि भएको छ उनको कवितामा । यिनमा लेखन शक्ति प्रसस्त देखिन्छ तर निरन्तर साधना भने आबस्यक छ । यिनी गम्भीर साधनामा लागिन भने राम्रो कविको पङ्तीमा उभिने छिन । बालकृष्ण अधिकारीले गजल सुनाएर कार्यक्रममा पृथक स्वाद दिने प्रयास गरे । नवीन भट्टराई बिशेष छन्दमा कविता सिर्जना गर्न उत्सुक देखिन्छन । फेरि फर्की नजाउ शिर्षकको मार्मिक कविता सुनाएर यिनले भिडलाई गम्भीर बनाए । पर्देशिएको छोरालाई बाबुले फेरि बिदेश नजान गरेको आग्रहको भावले भरिएको कविता निक्कइ मार्मिक छ । उनले आफ्नो कविता वाचनको शैली अलिकति मात्र परिवर्तन गरे स्रोताको मन सजिलै जित्न सक्छन । त्यस पछि निशा पाण्डे मंचमा आइन । भरखरै नेपालबाट आएकी उनले आमालाई सम्झिएर लेखेको गजल शैलीको कविता सुनाइन । वाचनमा राम्रो आवाज भएकी यिनको गजल अगम गुरुङले सङ्गीत गर्ने भएका छन । उनका गजलका सेरहरुले मान्छेको मनलाई सहजै बाध्न सक्ने कुराको प्रमाण अगम गुरुङले संगीत गर्ने कुरा गरेर पुष्टि गरिदिएका छ्न ! आफ्नै प्रेमको प्रसङ्ग भनेर बशुधा रिजालले सुनाइन कविता । पुनर्लेखन गरेर केही शब्द वा वाक्य परिमार्जन गर्नसके कविता सुन्दर हुने थियो । बशुधा एक सामाजिक अभियन्ता पनि हुन । हिन्दु धर्म तथा साँस्कृतिक संगठनमा आबब्ध यिनलाई मैले कैयौ पटक लेख्नुस भनेर आग्रह गरेको थिए । अलिपछी भन्न छोडिदिए अमेरिकाको जीवन कस्तो छ , उनको ब्यस्तता नबुझी भन्दैछु कि जस्तो लाग्यो । तर कविता लेखेर आफै भनेको यो पहिलो पटक भएपनि राम्रो थियो । उनी मंचमा उपस्थित भै रहने भएर पनि होला वाचनकला सुन्दर लाग्छ । निरन्तर लेखेदेखि बशुधाबाट निखारिएका कविता आउने आशा गर्न सकिन्छ । कृष्ण प्रधान आत्मिक कुरालाई कविताको बिषय बस्तु बनाएको पाइयो । म को हो भनेर आफै सङ्ग प्रश्र गरिएको कविता बुझ्न अलि गहिरिएर अध्ययन गर्नु पर्ने उनको कविता बोधगम्य नै लाग्छ । मदन दुलाल आफै स्वनाम धन्य कवि , उनको कविता कर्म माझिएको, बिषयबस्तुमा पकड जमाएरै अघि बड्ने यी कवि काब्यिक हिसाबले उत्कृष्ट सिर्जना गर्छन । आफै नेतृत्व गरेर युवा जमातलाई उत्प्रेरित गर्नुपर्ने मदन कविको भिडमा प्रस्टै आफ्नो सिर्जनाको ताजले चिनिन्छन।
मनदेखि मनसम्म अब ह्यारिसबर्गले स्याहारेर हुर्काउनु पर्ने एक अभियान भएको छ । ह्यारिसबर्गको काब्यिक परिचय मनदेखी मनसम्मलाई अझ प्रभावकारी बनाउन संयुक्त प्रयास र सामुहिक भावनालाई स्थापित गर्न जरुरी छ । यी २२/२५ मात्र होइन अनुज पुस्तालाई पनि सङ्सङ्गै डोर्याएर हिडाउने कुरामा हृदयको ढोका सदा स्वागतका लागि खुला राख्नु पर्छ । ह्यारिसबर्गका समाजसेबी, पत्रकार, राजनीतिक ब्यक्तित्व सबैको साझा प्रयासले नै ह्यारिसबर्गलाई नेपाली भाषाको काब्य नगरी बनाउन सकिन्छ । यसरी नै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको चीरकालसम्म प्रबर्धन गर्न सकिन्छ ।




