काठमाडौंमा हातेमालो साहित्य संगमको 'काव्याञ्जली-२'सम्पन्न
झापा ५ माघ/हातेमालो साहित्य संगमको दोस्रो विशेष साहित्यिक कार्यक्रम 'काव्याञ्जली-२' शनिबार सम्पन्न गरिएको छ।
सङ्गमका अध्यक्ष सुनिल अधिकारीको अध्यक्षतामा कविता,गजल र मुक्तकको प्रतियोगिता भएको थियो।सामाजिक विकास समाजको सभाहल अनामनगर काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियोे ।
कार्यक्रममा अप्रतियोगी रचनाकारहरूले समेत रचना वाचन गरेका थिए ।मन्तव्यसहित निर्णायकहरूले पनि आ-आफ्ना रचनाहरू पनि वाचन गरेका थिए।
प्रतियोगिताका विजयीहरूलाई कार्यक्रमका अध्यक्ष तथा सम्बन्धित विधाका निर्णायकहरूको हातबाट नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो भने निर्णायकहरूलाई पनि खामबन्दी सम्मान गरिएको थियो l
लगभग साढे २ घण्टा चलेको उक्त कार्यक्रमका कुशल सञ्चालक हातेमालो साहित्य सङ्गमका उपाध्यक्ष विपिन मर्मले उद्घोषण गरेका थिए।सदस्य बिमल झाको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको व्यवस्थापन महासचिव विमला दाहाल,सदस्य दुर्लभ सिंह त्यागी,सदस्य सरिता थापा मगरले गरेका थिएl
