गायक खरेलको गीत ‘दुई चुल्ठी केश’ को म्युजिक भिडियो सार्वजनिक

दिलिप घिमिरे · असार ८, २०८१ ९:४८ PM
Cover Image for News

गायक अर्जुन खरेलको स्वर रहेको गीत ‘दुई चुल्ठी केश’ को म्युजिक भिडियो बिर्तामोडमा बिमोचन गरिएको छ ।

 भिडियोमा रोहित लिम्बूको शब्द,संगीत र गायक खरेलको स्वर रहेको ‘दुई चुल्ठी केश’गीतको म्युजिक भिडियोमा क्यामेरामेन हितेश राई रहेका छन् भने  म्युजिक भिडियोमा मुकेश गुरुङ ,मेलिना लिम्बूलगायतको अभिनय रहेको छ । गीतले जातीय विभेद अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिएको छ । 

कुशल गायक खरेल  भद्रपुर–१०, चन्द्रगढी निवासी हुन्।उनले यस  अघि १७ वटा भन्दा बढी गीतमा स्वर दिसकेका छन्। खरेलको छैठौं म्युजिक भिडियो ‘दुई चुल्ठी केश’ को ‘  डाइनामिक ग्रुप नेपालको आयोजनामा भएको कार्यक्रममा विमोचन गरिएको हो ।
 डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षता तथा  वरिष्ठ गीतकार शिवशङ्कर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डाइनामिक ग्रुप नेपालकी  उपाध्यक्ष गीता सुवेदी नेपालले स्वागत गरेकी थिइन् । 
 कार्यक्रममा प्रमुख अतिथि थापाले खरेलको गीत ‘दुई चुल्ठी केश’ को म्युजिक भिडियोको स्वीच थिचेर विमोचन  गर्दै देश विदेशमा चर्चित हुन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे । उनले गायक खरेलको गीतले साँगीतिक क्षेत्रमा इँटा थप्ने बताए ।
   कार्यक्रममा सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, साहित्यकार भवानी क्षेत्रीले शुभकामना व्यक्त गर्दै खरेलको गीतले बालकदेखि बृद्धसम्म सबैको मन जित्नेमा विश्वास व्यक्त गरे ।
 प्राञ्जल साधना केन्द्रका विद्यार्थीहरु सिमरन कट्टेल र अनिता पौडेलले तोटक छन्दको स्वागत कविता स्वरमा वाचन गरेको कार्यक्रममा साहित्यकार विवशबलिभद्र कोइरालाले गजल र गायिका पवित्रा ओलीले गीत प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा मारवाडी भाषाका कवि सत्यनारायण तायल, क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, गीतकार टीका भट्टराई नेपाल, डा.कुमार सुवेदी, साहित्यकारहरु दुर्गाप्रसाद सिग्देल, भगवती ढुङ्गेल, पुनित वंशल, रश्मीशेखर सुवेदी, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, पत्रकार मायामितु नेउपाने, क्षितिज नाट्य प्रतिष्ठानका हरिप्रसाद भण्डारी, सुजना खतिवडा, ताराप्रकाश भट्टराई, निरज पोखरेल, मानवअधिकारवादी विष्णुप्रसाद खरेल,तीर्थ चापागाईं, राजेन्द्र खरेल, भीष्म खरेल, उर्मिला विमली खरेल, इन्दिरा खरेल, नविन खरेल, याम खरेललगायतको सहभागिता रहेको थियो । 
कार्यक्रमको सञ्चालन डाइनामिक ग्रुप नेपालका कोषाध्यक्ष चन्द्रमणि पौडेलले गरेका थिए ।  

सोही कार्यक्रममा डाइनामिक ग्रुप नेपालको साधारण सभा समेत सम्पन्न भएको थियो । वि.सं.२०७४ सालमा भद्रपुरमा स्थापना भएको डाइनामिक ग्रुप नेपाल साहित्य, सङ्गीत तथा कलाका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको एक क्रियाशील संस्था हो। स्थापना कालदेखि अध्यक्ष पद सम्हाल्दै आएकी खुशीले खुशी खुशी पद हस्तान्तरण गरेकी छिन्।  

यस साधारण सभाले संस्थापक उपाध्यक्ष अर्जुन खरेलको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष– गीता सुवेदी नेपाल, सचिव–चन्द्रमणि पौडेल, सह–सचिव– कल्पना भट्टराई, कोषाध्यक्ष– नीरज पोख्रेल र सदस्यमा पिताम्बर अधिकारी, उमेश पाण्डे, सिम्रन आचार्य, अनिता पौडेल, अञ्जली भट्टराई सहितको नयाँ समिति गठन भएको हो । भवानी क्षेत्री, रश्मीशेखर सुवेदी तथा केशब भट्टराईको निर्वाचन समितिले सर्वसम्मत समिति चयन  गरेका हुन् ।
  

ट्यागहरू:
संगित
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू