टीकाको ‘मूर्च्छना’ गीत सङ्ग्रहको गरियो गृह विमोचन तथा विमर्श

दिलिप घिमिरे · भदौ १५, २०८१ ९:५६ PM
Cover Image for News

भदौ १५ गते /गीतकार टीका भट्टराई नेपालको पाँचौं कृति संग्रह ‘मूर्च्छना’ को गृह विमोचन तथा विमर्श गरिएको छ।  
 आज सुरुङ्गा स्थित होटल डिलाइटको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि गीतकार तथा  संगीतकार स्रष्टा चन्द्र भण्डारी र विशेष अतिथिहरु प्राज्ञ मुनाराज शेर्मा,सुमित्रा वाङ्देल चेली,हरि पौडेल,गीतकार शिवशंकर थापा ,साहित्यकार कोमलप्रसाद पोखरेल लगायतका अतिथिहरुले कृति विमोचन गरेका हुन्।

 कनकाई नगरपालिका वार्ड नं ३ ,सुरुङ्गा निवासी नेपालको पाँचौं कृति संग्रह ‘मूर्च्छना’ को तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको ताप्लेजुङ पाथिभरा मन्दिरमा पुगेर केही महिना अघि विमोचन गरिएको थियोे ।

 कार्यक्रममा कृतिको विमर्श साहित्यकार विवश बलीभद्र कोइराला  र गायक तथा संगीतकार दीपक रायमाझीले कृतिको विषयमा चर्चा परिचर्चा गरेका  थिए।
 कनकाई प्रतिभा प्रतिष्ठान झापाका उपाध्यक्षको  निर्मलकुमार खतिवडाको अध्यक्षतामा कार्यक्रममा गरिएको थियोे ।कार्यक्रममा टीका भट्टराई नेपालद्वारा रचित पाँचवटा गीतहरू गायक तथा गायिकाहरुले गाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए।
 गीत संगीतमा प्रयोगमा आउने सातवटा अक्षर ‘सारेगमपधनिस’ भित्र पर्ने आरोह–अवरोहको संकेत भावका रुपमा ‘मूर्च्छना’ तयार गरिएको साथै गीत लेखनको संरचना भित्र रहेर लेखिएका टीका भट्टराई नेपालको गीत सङ्ग्रहमा खोट लगाउने ठाउँ नरहेको स्रष्टा विवश बलीभद्र कोइरालाले बताए ।

 मूर्च्छना गीत संग्रहमा १ सय २० वटा गीतहरू संग्रहित छन्।संग्रहमा देशभक्ति गीत,युगल गीत,लोक गीत र आधुनिक  विधाका गीतहरू पुस्तकमा समेटिएको छ।सरल भाषाशैली र उत्कृष्ट शब्द संयोजन रहेको  टीका भट्टराई नेपालका गीतहरूमा देशप्रेम,माटोको सुगन्ध ,नेपाली संस्कृतिप्रतिको मोह,परम्परा र चाडपर्वमा आएको विकृतिप्रतिको चिन्ता,जीवनयापनका यावत आरोह अवरोध,माया प्रेम,पीडा आदि विषयमा गीतहरू सृजना गरिएका छन्।
 गीतकार टीका भट्टराईलाई गतसाल गीतकार संघ नेपालले उत्कृष्ट गीतकारको रुपमा सम्मान तथा पुरस्कृत गरेको थियो। उनको पहिलो कृति 'आमा' शोककाव्यबाट साहित्य विधामा कलम चलाएकी हुन् ।त्यसपछिका तीनवटा कृतिहरु प्रितीपुष्प, मनका रङ्गहरु,अनुभूतिका स्वरहरु सबै गीत सङ्ग्रहहरु  छन् । 
 टीका भट्टराईका गीतहरुमा यशोदा पराजुली, नरेन्द्र प्यासी,शिशिर योगी, प्रमोद खरेल, मेनुका पौडेल, निशान्त भट्टराई , झलक सङ्ग्रौला,सरोज कोइराला, अस्मिता अधिकारी, मेलिना मैनाली ,आनन्द कार्की ,भानु ढकाल ,गौरव दर्पण ,माया गजुरेलले स्वर दिइसकेका छन्।टिकाका करिव ३० वटा गीतहरू संगीत भइ बजारमा आइसकेका छन् ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू