`गोपीकृष्ण स्मृति सम्मान´बाट शिवाकोटी सम्मानित
झापा १०माघ/साहित्यकार,पत्रकार एवम् समाजसेवी गोपीकृष्ण स्मृति प्रतिष्ठान बिर्तामोड झापाले स्रष्टा खिलप्रसाद शिवाकोटीलाई शनिबार सम्मान गरेको छ।
बिर्तामोड स्थित गोमेन्द्र कलेजको सभाहलमा बिर्तामोड-८ ,गरामनी निवासी पूर्व शिक्षक एवम् समाजसेवी खिलप्रसाद शिवाकोटीलाई नगद राशी ५०,००५/- रुपैयाँ सहित सम्मान गरेको हो।
स्व. गोपीकृष्ण खनालको ७९ अेाेँ जन्म जयन्तीको अवसरमा आयोजित तेस्रो गोपीकृष्ण स्मृति पुरस्कार- २०८२ अन्तर्गतको कार्यक्रममा शिवाकोटीलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।
यस अघि यो सम्मान पत्रकारितातर्फ अग्रज पत्रकार नकुल काजी,साहित्य विधातर्फ साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गरिएको थियो ।
प्रत्येक २/२ बर्षमा तीनक्षेत्रमा प्रदान गर्दै आएको यो सम्मान यसपटक समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने व्यक्तित्व शिवाकोटी दम्पती (पत्नी लीला शिवाकोटी) सम्मानित भएका हुन्।
प्रतिष्ठानका उपाध्यक्ष उपाध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य एवम् साहित्यकार गोपालकुमार बस्नेत रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथि बस्नेत,सम्मानित व्यक्तित्व शिवाकोटी,कवि गजलकार केशव आचार्य र प्रेमप्रकाश फलाहारीले शुभकामना मन्तव्य राखेका थिए।
मञ्चासिन व्यक्तित्वहरुले सम्मानित व्यक्तित्व शिवाकोटी दम्पतीलाई सम्मान पत्र, सयपत्री फूलको माला, टोपी,
मफलर,अबिर टीका तथा नगद राशीले सम्मान गरिएको जानकारी उर्जाशील साहित्य कला प्रतिष्ठान,बिर्तामोडका सचिव देवीचरण भण्डारीले दिएका छन्।
कार्यक्रममा स्वागत मन्तव्य सचिव तीर्थ सिग्देलले र सञ्चालन प्रतिष्ठानका सल्लाहकार डा.पु्ण्यप्रसाद सिग्देलले गरेका थिए।