गणेश सन्ज्यालको अङ्ग्रेजी उपन्यास 'डु यु स्टील लभ मी ' लोकार्पण

खगिन्द्रा खुसी · माघ १९, २०८२ १२:२७ PM
Cover Image for News

झापा, माघ १८ । शनिबार राजधानीमा गणेश सन्ज्यालको अङ्ग्रेजीमा लेखिएको उपन्यास 'डु यु स्टील लभ मी ' को लोकार्पण भएको छ । कृति प्रकाशन गृह भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीको सभापतित्व तथा साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन'को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा छविरमण सिलवाल, डा.कमल देवकोटा, केशव पराजुली, प्रदीप सापकोटा, कास्मिरा संज्याल , स्रष्टा गणेश सन्ज्याल लगायतले उक्त कृति लोकार्पण गरेका थिए  । भुँडीपुराण प्रकाशनद्धारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि 'रोदन'ले कुनैपनि साहित्यकारमा चूनौतिको सामना गर्ने सामर्थ्य हुनुपर्ने बताउँदै नयाँ पुस्ताले चाह्यो भने साहित्यमा स्थापित हुन गाह्रो नहुने बताए । तर यसको लागि साधना अनिवार्य भएको पनि उनले बताए । निरन्तर साधनाले गन्तव्यमा पुगिने भन्दै उनले साहित्यमा स्थापित हुन धेरै साधनाको आवश्यकता रहेको बताए ।

फोटो
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कृतिकारलाई बधाई दिँदै  सहयोग गर्न तयार भएको बताए ।

कृतिमाथि टिप्पणी गर्दै डा.देवकोटाले भने - "यो यस्तो कृति हो जसलाई जुन धारबाट हेरेपनि हुन्छ । नयाँ पुस्ताले बोल्ने भाषामा कृति रहेको छ ।'  पुस्तकले म नै यस पुस्तकको पात्र हुँ भन्ने भावना बोकेको बताए । नयाँ पुस्ताले अंग्रेजीमा यति सुन्दर ढङ्गले लेख्नसक्नु नै कृतिकारको सफलता भएको बताए ।भोगाइलाई भावनाको गहिराइमा पुगेर कृति लेखिएको पनि बताए । यथार्थपरक भावमा आएको प्रस्तुत कृति पठनीय भएकोमा उनले जोड दिए ।

अर्का वक्ता सुनकोसीका महासचिव प्रदीप सापकोटाले प्रेम जस्तो बृहत् विषयमा उपन्यास लेखिएको भन्दै कसैले विचैमा धोका दिने सम्भावना औँल्याए । उनले प्रेम विना जीवनको गुञ्जायस नहुने भन्दै शिर्षकृत कृतिले प्रेमको परिभाषा बदलिदिएको बताएको समाचार काठमाडौंबाट स्रष्टा रामकुमार पण्डितबाट जानकारी प्राप्त भएको छ ।

ट्यागहरू:
सहित्य literature samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।