पन्तको पुस्तक ‘लिङ्गदेखि मानव–प्रकृतिसम्म’ लोकार्पित

खगिन्द्रा खुसी · असोज २६, २०८३ २:१८ PM
Cover Image for News

२६ असोज, झापा । असोज २५ गते राजधानीमा सम्पन्न एक कार्यक्रममा सुनिलबाबु पन्तद्वारा लिखित पुस्तक ‘लिङ्गदेखि मानव–प्रकृतिसम्म’ सार्वजनिक गरिएको छ । लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी अध्ययन र अनुसन्धानमा सक्रिय अभियन्ता पन्तको पुस्तक सार्वजनिक कार्यक्रममा नेतृ डा. विन्दा पाण्डेले नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान स्थापित गर्न पन्तको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । 

संविधानसभामा उक्त समुदायको पहिचान र अधिकारका विषयमा गहन छलफल भएको स्मरण गर्दै उहाँले ‘संविधानमा सुनिलजी हुनुहुन्नथ्यो भने त त्यो लेख्दै लेखिँदैनथ्यो, हन्ड्रेड पर्सेन्ट ग्यारेन्टी गर्छु,’ उहाँले भन्नुभयाे, ‘संविधानमा पहिचान लेखिसकेपछि अहिले आम नागरिकमाझ त्यसलाई कसरी लैजाने भन्ने हिसाबले यो किताब आउनु एकदमै राम्रो कुरा हो ।’ भन्नुभयो । 

पुस्तकका लेखक पन्तले पाठकलाई पुस्तकका कमीकमजोरीबारे खुलेर प्रतिक्रिया दिन आग्रह गर्नुभयाे । पाठकका सुझावले आगामी संस्करणलाई थप परिष्कृत बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । ‘अलि औपचारिकता छाडेर व्यक्तिगत हिसाबले तीतामीठा प्रतिक्रियाहरू दिनुहोला, ताकि अर्को संस्करण अथवा अरू विषय लेख्दा कमजोरीहरू कम होऊन् भन्ने आशा गर्न सकिन्छ,’ भन्ने धारण ब्यक्त गर्नुभयो ।

पन्तले पुस्तक प्रकाशन गर्ने शिखा बुक्स, सम्पादनमा सहयोग गर्ने सुशील रिजाल तथा पुस्तक प्रकाशन र अभियानमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई धन्यवाद दिनुभयाे । 

लैङ्गिकता, यौनिकता र मानव प्रकृतिसम्बन्धी विषय बुझ्न सहयोग गर्ने यो पुस्तक विशेषगरी शिक्षा क्षेत्रका शिक्षक, प्रशिक्षक, नीतिनिर्माता तथा आम नागरिकका लागि पुस्तक उपयोगी स्रोत बन्न सक्ने  विश्वास लेखकको रहेको छ । 

पुस्तकको अङ्ग्रेजी संस्करणसमेत तयार पार्ने योजना रहेको उल्लेख गर्दै उहाँले यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लैङ्गिकता र यौनिकतासम्बन्धी अध्ययनका लागि उपयोगी स्रोतका रूपमा विकास गर्न सकिने कुरा स्रष्टा पन्तले बताउनु भयो । 

ट्यागहरू:
literature samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।