कृतिकार तारा खत्री रोकायाको नयाँ कृति "जीतको उज्यालो" विमोचित
२७ असोज, झापा । कृतिकार तारा खत्री रोकायाको नयाँ कृति "जीतको उज्यालो" विमोचित भएको छ । भेरी साहित्य समाज केन्द्रीय समिति र पूर्णतारा फाउन्डेसन नेपालको संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा विमोचित तिको परिचर्चा समेत गरिएको थियो । भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष मीनाकुमारी बरालको सभापतित्व र प्रा.डा.गोपालप्रसाद शर्मा अधिकारीको प्रमुख आतिथ्यमा २६ गते सम्पन्न भएको कार्यक्रममा दशैं-तिहार, नेपाल संवत्, छठपर्व आदिको शुभकामना आदानप्रदान समेत गरिएको थियो । कृतिको परिचर्चा सञ्चारकर्मी एवम् साहित्यकार वीरेन्द्रप्रसाद जैसी, दीपेन्द्रबहादुर सिंह र प्रजापति नेगीले गर्नुभएको थियो। उक्त कार्यक्रममा प्राज्ञहरू सनत रेग्मी, डा. हरिप्रसाद तिमिल्सिना, किरण पौडेल आचार्य, खगेन्द्रगिरी कोपिला, महानन्द ढकालहरू विशिष्ट अतिथिको रुपमा आसिन हुनुहुन्थ्यो भने अग्रज लेखक नरेन्द्रजंग पिटर, निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासु, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष डा.पुष्करनाथ रिजाल, सिर्जना साहित्य प्रतिष्ठानका महासचिव जीतबहादुर शाह, प्रलेस बाँकेकी अध्यक्ष चरित्रा शाह, मध्यपश्चिम स्रष्टा समाज बाँके अध्यक्ष बि.पी.अस्तुले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न व्यक्ति संघसंस्थालाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो भने भेसास केन्द्रीय समितिका नवनिर्वाचित सदस्य एवम् पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै समाजको ८औं अधिवेशनको निर्वाचन मण्डललाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष इश्वरीप्रसाद रिजालले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव सुन्दर गुरुङले गर्नुभएको थियो