महाकाव्यकार मित्रप्रसाद दाहालको ‘केतकी’ महाकाव्यको लोकार्पण
झापा २७ असोज /महाकाव्यकार मित्रप्रसाद दाहालद्वारा लिखित ‘केतकी’ महाकाव्यको शनिबार लोकार्पण गरिएको छ।
साहित्य चौतारी बिर्तामोड,झापाका संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा जलेश्वरधामका मूल अर्चक तथा उपवाचक पण्डित अग्निप्रसाद सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो।
साहित्यिक सिर्जना, साधना र नेपाली वाङ्मयको विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजित उक्त समारोहमा महाकाव्यको लोकार्पणसँगै कृतिको साहित्यिक महत्त्व, विशेषता र नेपाली साहित्यमा यसले पार्ने प्रभावबारे विस्तृत चर्चा गरिएको थियो।
कृतिको लोकार्पण कार्यक्रमका अध्यक्ष श्रेष्ठ ,प्रमुख अतिथि सिग्देल ,महाकाव्यकार दाहाल, प्रकाशक निर्मल दाहाल र कृति समीक्षक सूर्यप्रसाद अधिकारी लगायतका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
साहित्य चौतारी झापाले पितृ विसर्जन एवम् दिवङ्गत स्रष्टाहरूको सम्मान गर्ने क्रममा साहित्यकार स्वर्गीय सरोज ओलीकी धर्मपत्नी निर्मला ओलीलाई नगदसहित सम्मान गरेको थियो।
प्रमुख अतिथि पण्डित सिग्देलले धर्म र साहित्य दुबैले मानव जीवनमा सद्भाव, करुणा, नैतिकता र मानवीय मूल्यको स्थापना गर्न प्रेरित गर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार अनिरुद्ध ओली, संयोजक राजेन्द्र संग्राैला,शिराे सान्दाई, जयप्रसाद आचार्य,निकेश भटराई,दिपेश सुवेदी,विनोद खनाल, सुमित्रा महरात, इलामे जेठो, लिलाप्रसाद खतिवडा, सूर्यप्रसाद अधिकारी,लोकनाथ पौड्याल, कृष्ण सुवेदी 'निरकम', शोभा बिमली, कृष्णमाया बुढाथोकी, शान्ता देवी पौडेल, भवानिप्रसाद गौतम, टङ्क विकल्प, चित्रा पौड्याल, तिर्थ दाहाल, मुना दाहाल, बिमान लामा तामाङ, शिवकुमार श्रेष्ठ, मीना अधिकारीलगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको सञ्चालन साहित्य चौतारीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले गरेका थिए ।