`साहित्य चौतारी सम्मान´ साहित्यकार ओली धर्मपत्नी निर्मलालाई

दिलिप घिमिरे · असोज २७, २०८३ ७:१० AM
Cover Image for News

झापा२७ असोज /साहित्य चौतारी झापाले पितृ विसर्जन एवम् दिवङ्गत स्रष्टाहरूको सम्मानमा आयोजित कार्यक्रममा साहित्यकार स्वर्गीय सरोज ओलीकी धर्मपत्नी निर्मला ओलीलाई नगदसहित सम्मान गरेको छ । 

होटल हिकोला हेरिटेजमा आयोजित समारोहमा साहित्य चौतारीले दिवङ्गत स्रष्टाका परिवारलाई सम्मान गर्ने संस्थागत नीतिअनुसार साहित्यकार ओली धर्मपत्नी निर्मलालाई सम्मान गरेको हो । 

साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले दिवङ्गत स्रष्टा र उनीहरूका परिवारजनलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । साहित्यकार ओली साहित्य चौतारीद्वारा अभिनन्दित तथा संस्थापक सल्लाहकारसमेत हुनुहुन्थ्यो । 

अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्निप्रसाद सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दिवङ्गत साहित्यकार, पत्रकार तथा अन्य स्रष्टाहरूलाई स्मरण गरिएको थियो ।
साहित्य चौतारीले हरेक वर्ष पितृ विसर्जनको अवसर पारेर दिवङ्गत स्रष्टाहरूको योगदानको स्मरण गर्दै उनीहरूका परिवारजनलाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङले गरेका थिए।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।