कवि हीरा खड्का अधिकारीको 'बन्द खाम' कविता सङ्ग्रहको घुम्टी उघारियो

दिलिप घिमिरे · असोज २७, २०८३ ११:०३ AM
Cover Image for News

झापा २७ असोज / कवि हीरा खड्का अधिकारीद्वारा रचित कविता सङ्ग्रह 'बन्द खाम' को विमोचन समारोह सम्पन्न भएको छ । 

सुन्दरहरैँचा कला साहित्य विकास समितिको आयोजनामा सोमबारका दिन सुकुना बहुमुखी क्याम्पसको सभाहलमा कवि हीरा खड्का अधिकारीद्वारा रचित कविता सङ्ग्रह 'बन्द खाम' को भव्य विमोचन समारोह सम्पन्न गरिएको हो। 

आयोजक समितिका अध्यक्ष डा. दीपक न्यौपाने अध्यक्षता एवम् सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा विशिष्ट अतिथिहरू प्राज्ञ विवश पोख्रेल,पूर्व सांसद,समाजसेवी एवम् साहित्यकार हर्कमान तामाङ्,सुकुना क्याम्पस प्रमुख अर्जुनप्रसाद अधिकारी,पूर्व क्याम्पसप्रमुख प्रेमप्रसाद भट्टराई, साहित्यकार मेदिनिप्रसाद बराल, वरिष्ठ समालोचक तथा साहित्यकार अमृतप्रसाद आचार्य  तथा वरिष्ठ संगीतकार गुरु कुशेश्वर राई समीक्षकद्वय साहित्यकार सीमा आभास , प्रसिद्ध कवि मनु मञ्जिल,कृतिकार अधिकारीलगायतले कविता कृतिको विमोचन गरेका हुन्।

समीक्षकद्वय साहित्यकार सीमा आभास र प्रसिद्ध कवि मनु मन्जिलले  कृतिको समीक्षा गर्दै कृतिभित्रका विविध वैचारिक तथा शिल्पिगत पक्षमाथि गहन समीक्षात्मक टिप्पणी  गरी समीक्षकद्वयले लेखकलाई  हौसला प्रदान गरेका थिए । 

कार्यक्रममा बन्द खाम कविता सङ्ग्रहभित्रका कविताहरु गजलकार युवराज ठकुरी, कवि प्रयाग नेउपाने, कवि बादलदेवी चाम्लिङ र गजलकार रूपनारायण श्रेष्ठले वाचन गरी समारोहलाई अझ भव्य बनाएका थिए । 

स्रष्टा हीरा खड्का अधिकारीको साहित्यिक व्यक्तित्वमाथि प्रकाश कोशी साहित्य कला परिषद्का अध्यक्ष अनुसन्धाता केशु विरहीले पारेका थिए ।कृतिको रचनागर्भसहित सृजना प्रसवलाई कवितामय विम्बमा प्रस्तुत गरि कृतिकार अधिकारी सम्पूर्णमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

फोटो
समारोहलाई सभ्य र भव्य बनाउन साहित्यका अथक साधक कञ्चनजङ्घा साहित्य समाज, ताप्लेजुङका अध्यक्ष साहित्यकार कमलप्रसाद भट्टराई, प्रलेस कोसीका उपाध्यक्ष तथा छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा`बेगारी´,उर्लाबारी साहित्य विकासका अध्यक्ष जितेन्द्र न्यौपाने,बेलबारी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी,बिराट साहित्य विकास समितिका अध्यक्ष विदुर सुवेदी,जेफाले साहित्य डवलीका अध्यक्ष युवराज ठकुरी,केराबारी साहित्य विकासका अध्यक्ष नवीन थापा क्षेत्री, बेलबारी साहित्य विकासका अध्यक्ष रमेश निरौला,स्रष्टा समाज बेलबारीका अध्यक्ष जेबि थुलुङ्,आम्लाबुङ साहित्य केन्द्र लक्ष्मीमार्गका अध्यक्षा धनजीत पराजुली, डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष विनोद विवश,सगरमाथा साहित्य प्रतिष्ठानकी मिश्रा गुरुङ, पाथिभरा महिला समाजकी अध्यक्ष योजना शर्मा, तथा सुन्दरहरैँचा ९ की वडा सदस्य रुझा घिमिरे, प्रलेश केन्द्रीय उपाध्यक्ष तिला लेकाली, कृतिकारका पतिदेव महेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियोे । 

कार्यक्रममा बिराटनगर,इटहरी, धरान, बेलबारी, उर्लाबारी, केराबारी, लक्ष्मीमार्ग,विराटचोक, झापा आदि ठाउँहरुबाट साहित्यकार,लेखक,शुभचिन्तक ,विद्यार्थी ,समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियोे । 

समारोहमा समितिका सदस्य कवि पुरन राई याख्खाले स्वागत मन्तव्य प्रस्तुत तथा कार्यक्रमलाई सञ्चालन समितिका सचिव गीताप्रसाद श्रेष्ठले गरेका थिए । 

ट्यागहरू:
कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।