गजल
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छ
ठग्नेले कसरी एक महिनामै महल ठड्याएको छ
मन नपरेकोले आएर यसो धाप मारेको मात्र के थियो
मुटु प्वाट्टै फुट्यो भन्ने समाचार बाहिर आएको छ
तिमी आज पसिना बग्दा उफ् ! गन्हायो भन्छौ
देश बनाउनेले हिजो रगतको खोलो बगाएको छ
बास्मती चामल घाँटीबाट छिर्न छोड्यो कसैलाई
कसैले अझै पनि बाध्यताले बालुवा चपाएको छ
तिमीले गाली गर्यौ अनि नानाथरी भन्यौ उसलाइ
झुट बोलेरै भए पनि उसले इतिहास सम्झाएको छ
धर्मेन्द्र तिम्सिना "क्षितिज"
अमेरिका
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४