गजल
उस्तै देख्छु फरक केही नाइ मेरा ती गाउँ पनि
दुख्या कै छन् मलम नपाइ गरिबका घाउ पनि
रुडो पड्डै सुकि जादा कर्णालीका गडा
अनिकालले पेट रित्तै छन् भोको छ भाउ पनि
हड्डा हड्डै खुट्टा फाट्या बाटो पनि गल्यो
गन्तव्यमा पुग्नै छोड्या ढगुड्न्या पाउ पनि
एक छाक टाड्न धौधौ पड्डो हामी गाउँल्या कन
रात दिन आउदो कोल्थो समाइ पुरानो साउ पनि
जुवादो जिन्दगी बाइगो पढ्न्या लेख्न्या बेला
हुकुम्मको बास्सा मद्दो कस्ता हुन दाउ पनि
ट्यागहरू:
सहित्य
गजल
कला
literature
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिला लेकालीको गजल
तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४
एउटा गजल
प्रेम राई परीक्षित पोष्ट- गिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४