एकैदिन एकै स्रष्टाका आठ कृतिको विमोचन

खगिन्द्रा खुसी · माघ १४, २०८२ ८:०२ AM
Cover Image for News

 झापा,माघ १३ गते । राजधानीमा एकै दिन एकै स्रष्टाका आठ कृतिहरुको विमोचन भएको छ । सोमबार पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा आयोजित कार्यक्रममा बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ बालसाहित्यिक कृतिहरुको एकसाथ विमोचन गरिएको हो ।

तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र काठमाडौँद्वारा आचार्यका ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरु कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’ र ‘किराँत’ र ‘डेढ गगरिया’सहित आठ बालसाहित्यिक कृतिहरुको विमोचन गरिएको हो ।

विमोचित कृतिहरुको समीक्षा डा .गोविन्द पौडेल गर्नुभएको थियो भने समीक्षाका क्रममा पौडेलले हिजोको इतिहासलाई सरल रुपमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो । ‘डेढ गगरिया’ कृतिको बारेमा साहित्यकार कृष्णराज सर्वहारीले पाँच वटा लोककथा रहेको यस पुस्तकमा कथाहरूसँग प्रसङ्ग मिल्ने गीतहरू राखिएको भए अझै उचित हुने धारणा राख्नुभयो ।

 सङ्गीत नाट्य प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले एकैपटक आठ वटा किताब प्रकाशन गर्नु महत्त्वपूर्ण भएको बताउँदै “जुन वर्गलाई लक्षित गरिएको हुन्छ, त्यो वर्ग वा उमेर समूहको मनमष्तिस्कले मन पराउने खालको विषयवस्तु हुनुपर्छ, आज विमोचन भएको बालसाहित्य पुस्तकले यी विषयहरुलाई समेटेको छ”भन्ने धारणा ब्यक्त गर्नुभयो ।

ट्यागहरू:
सहित्य literature news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।