एक बसाई `अभागी थेगुवासँग´कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · भदौ १, २०८१ ७:३४ AM
Cover Image for News

हिजो कवि अभागी थेगुवाको चितवनमा `एक बसाई अभागी थेगुवासँग´कार्यक्रम सम्पन्न  गरिएको छ । 
 झापामा रहेर कवि थेगुवा साहित्य सृजनामा सक्रिय उपस्थिति जनाइरहेका कवि हुन्।उनको पछिल्लो कृति सपनाहरूको बहीको  झापाको विभिन्न ठाउँहरुमा,इलाम , मोरङ,सुनसरी लगायतका ठाउवहरुमा चर्चा ,कृति समीक्षा ,विमर्श र एकल वाचनहरु भइरहेका छन् ।यहि सिलसिलामा चितवनका कविहरूले शुक्रबार साँझ छलफल गर्दै उनका कविता सुनेका छन् ।

स्रष्टा पब्लिकेसन दमक झापाबाट प्रकाशनमा आएको कवि थेगुवाको नविनतम् कृति सपनाहरूको बहीमा कविका समय बोल्ने कविता बाहेक अग्रज साहित्यकार कृष्ण धरावासी र कवि तथा अग्रज पत्रकार राजकुमार दिक्पालका नजरमा कवि थेगुवाप्रतिको छोटो र संक्षिप्तीकरण कवित्वको परिचय प्राप्त गर्न सकिन्छ ।

कार्यक्रममा कवि थेगुवाले हालै प्रकाशित आफ्नो कवितासङ्ग्रह `सपनाहरूको बही´ बाट केही प्रतिनिधि कविताहरू सुनाए । उनले `बही´, `शिक्षक २´, `नयाँ नेपाल´, `काठमाडौंलाई खबर´, `आस्थासँग सपना´ लगायतका कविता प्रस्तुत गरे ।
उनका कवितामाथि बोल्दै उदय अधिकारीले कवि थेगुवाका कविताहरू अस्तित्वसँग जोडिएका बताए । `मानव जीवनका अस्तित्वहरू उहाँका कवितामा जोडिएर आएका छन् । गाउँसमाज र हाम्रो गणतन्त्रको यथार्थ चित्र उहाँका कवितामा छन् ।´
त्यसैगरी विपिन पाठकले कवितामार्फत कवि थेगुवाको उपस्थिति प्रतिबद्ध भएको बताए । कार्यक्रममा कवि पुष्प अधिकारी अञ्जली र विवश बलिभद्र कोइरालाले मन्तव्य राखेका थिए ।

समकालीन समयको पदचाप पछ्याउँदै निरन्तर पचासको दशक अघिबाट सङ्ग्रहित र सार्वजनिक साहित्यिक सहकार्यमा निरन्तर साधनमा सकृय,कविता,गजल,गीत,समसामयिक लेख रचना र कृति समीक्षामा अभ्यस्त रहँदै आएका अध्यापन र सामाजिक अनि व्यक्तिगत जीवनको श्रृङ्खला चलाई रहने थेगुवा सफल साधक र अभियान्ता रहेको विवश बलिभद्र कोइरालाले मन्तव्यका क्रममा बताए ।

कार्यक्रममा कवि अभागी थेगुवा र उनीसँगै आएका कविहरू विवश बलिभद्र कोइराला, राजकुमार सुब्बा र सेलिङ केसीलाई कवि गोविन्दराज विनोदीले मायाको चिनोस्वरुप स्थानीय स्रस्टाका कृतिहरू उपलब्ध गराएका थिए ।

कवि थेगुवाको सपनाहरुको बही प्रकाशन हुनुपूर्व सप्तकोशीबाट (२०५४)संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र...(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध(२०६८)गजल काव्य सङ्ग्रह प्रकाशन भइसकेका छन् भने सपनाहरूको बही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति हो ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू