बिराटनगरमा सहकारीले गर्यो साहित्य सिर्जना र सम्वाद कार्यक्रम

खगिन्द्रा खुसी · साउन ११, २०८१ ९:४१ PM
Cover Image for News

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि . बिराटनगरले साहित्यलाई प्रवर्द्धन गर्ने उध्देस्यले शुरुवात गरेकाे साहित्य सिर्जना र संवाद कार्यक्रमले आज ५७अैां शृङ्खला पार गरेकाे छ । प्रत्येक महिनाको दाेश्राे शुक्रबार आयोजना हुने उक्त कार्यक्रकाे अन्त्यमा वाचन भएका  रचनाहरू  मध्ये गाेला प्रथा बाट १ जनालाई रु १०००एक हजार नगद र मायाकाे चिनु  प्राेत्साहन पुरस्कार दिने ब्यवस्था मिलाइएको छ । पुरस्कारकोलागि  बिराटनगर कै नगेन्द्र मणि नेउपानेले रु. एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएकाे छ ।अन्य ब्यवस्थापन खर्च सहकारीले गर्दै आएको छ ।कार्यक्रमलाई ब्यवस्थित गर्न  सेयर सदस्य तथा साहित्यकार श्री मधु पाेखरेलकाे संयाेजकत्वमा एक साहित्यिक उप समिति गठन गरिएकाे छ । आज मिति २०८१।०४।११ गते भएकाे कार्यक्रममा  गोला प्रथाद्वारा  मन्जु घिमेरे दाहाल पुरस्कृत भएकाे जानकारी कवि कविता केशरीबाट प्राप्त भएको छ 

ट्यागहरू:
सहित्य कविता literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।