बिर्तामोडमा सप्तरङ्गीको पाचौँ श्रृंखला सम्पन्न

खगिन्द्रा खुसी · कार्तिक १४, २०८१ ८:४५ PM
Cover Image for News

आज झापाको विर्तामोडमा सप्तरङ्गी कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्ष दशैँ तिहारको बीचमा सम्पन्न हुँदै आएको सो कार्यक्रम झापाली साहित्य समाजको आयोजना तथा डि.पी.एल. कनकाईको सहआयोजनामा सम्पन्न भएको थियो । साहित्यका  सात विधालाई समावेश गरिएको सप्तरङ्गीको पाचौँ श्रृंखलाको कार्यक्रम सम्पन्न भएको हो  । तिहारको समेत अवसर पारेर सम्पन्न सो कार्यक्रममा फरक विधाका स्रष्टाहरुद्वारा कविता, मुक्तक, गजल, हास्यव्यङग्य, केस्रा प्रस्तुत गरीएको थियो । 

कार्यक्रममा मन्तव्यका क्रममा संस्थाका अध्यक्ष हरि बरालले  साहित्य भित्रका फरक स्वाद एकै स्थानमा पस्कने उदेश्य रहेको वताउनु भयो भने प्रमुख अतिथि मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धराबासीले रुची अनुरुपको विधा छनोटगरी साहित्य लेखनमा लागे सफल्ता मिल्ने बताउनु भयो साथमा उहाँले उहाँले साहित्यको क्षेत्रमा युवाहरुको आगमन सकारात्मक र सुखद पक्ष रहेको बताउनु भयो । 

तस्विर
प्रमुख अतिथी कृष्ण धरावासी व्यानर वाचन गरेर उद्घाटन गरिएको सो कार्यक्रममा कार्यक्रममा  राजेन्द्र ढुङ्गानाले कविता, शिव सुबेदीले गजल, पुष्पा प्रकृति चौलागाईले मुक्तक, पिनाकी कोइरालाले हाँस्यव्यङग्य, दिलिप राई मगरले केस्रा, हेमन्ता भण्डारीले गजल, नमुना निरौलाले कविता प्रस्तुत गरेका थिए ।

हाँस्यव्यङग्यकार कोइरालाले समसायिक विषयमा आफ्नो व्यङग्य प्रस्तुतीद्वारा उपस्थित साहित्यकारहरुलाई पेट मिची–मिची हसाँउनु भएको थियो ।

कार्यक्रममा गजलकार सुनिता तामाङ,विवेक निशानी, गजलकार केशव आर्चाय,पत्रकार तथा साहित्यकार केशव भट्टराई, साहित्यकार एकराज प्रधान, रवीकिरण बान्तवा, गितकार शिवशंकर थापा, साहित्यकार हरीचरण भट्टराई, साहित्यकार मिलन संग्रौला,गजलकार प्रकाश संग्रौला,लिला अनमोल  लगायतको उपस्थिति रहेको  थियो ।

डि .पी .एल कनकाईका अध्यक्ष विशाल कडेलले कार्यक्रमको औचित्यमाथि प्रकाशपार्दै  साहित्यका हरेक विधामा कलम चलाउने स्रष्टाहरुको संगम गराई पर्वको पूर्वसन्ध्यामा रमाइलो गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।  पी.एल कनकाइका महासचिव जेनिस चम्लागाँईले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापाली साहित्य समाजकी उपाध्यक्ष गजलकार संगिता कोइरालाले गर्नुभएको थियो । 

 

ट्यागहरू:
सहित्य news samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू