बिर्तामोडमा सुखानी तथा अमरज्योति षडानन्दको लोकार्पण

खगिन्द्रा खुसी · मंसिर २२, २०८१ ७:५३ PM
Cover Image for News

आज झापाको बिर्तामोडमा भएको एक कार्यक्रममा प्रगतिशील लेखकसङ्घ झापाको पाँचौ कृति सुखानी तथा साहित्यकार मीना अधिकारीको चौथो कृति अमरज्योति  षडानन्दको लोकार्पण गरिएको छ । प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको सभाध्यक्षता, प्रा.डा. बद्रीविशाल पोख्रेलको प्रमुख आतिथ्य तथा प्र. ले. स. कोसीप्रदेश अध्यक्ष तिला लेकालीको विशिष्ट आतिथ्यमा कोहेड कलेज बिर्तामोडमा भव्यरूपमा सुसम्पन्न भएको थियो । कार्यक्रममा प्रलेसका पूर्व अध्यक्षहरू लीला उदासी , हेम अधिकारी , उमानाथ ओली , कमलप्रसाद गुरागाईँ , केन्द्रीय सदस्य राजेन्द्र सङ्ग्रौला , प्रा.डा.गङ्गाप्रसाद अधिकारी , प्राध्यापक चूडामणि वशिष्ठ , प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदी , समालोचक जीवनाथ सुवेदी , साहित्यकार देवीचरण भण्डारी , साहित्यकार झाँक्रीखोले , मेघनाथ बन्धु , कार्यसमिति सदस्य  वीरेन्द्र खड्का , तोयानाथ काफ्ले , एवम् अग्रज साहित्यकार  विरही अधिकारी , केशवप्रसाद भण्डारी , उपेन्द्र प्र आचार्य , ,पुष्प कु खनाल , विष्णु भेटुवाल , खेमराज ढकाल,दमन्ता दाहाल, दुर्गा दहाल ,केशव प्रसाईं, मिलन सङ्ग्रौला , यसोदा वाँस्कोटा, झग प्र बराल ,कोपिला ढुङ्गेल ,दुर्गा मिश्र ,हरि प्र तिम्सिना , इन्द प्र कटुवाल , योगेन्द्र खतिवडा ,डिल्लीराम परदेशी , राजु पाठक आदिको गरिमामय उपस्थिति रहेको कार्यक्रममा सुखानीको समीक्षा गरिएको थियो भने समीक्षा समीक्षक भीम दहाल तथा अमरज्योतिको समीक्षा समीक्षक हरिनारायण भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य आरती पोख्रेल र कार्यक्रम सन्चालन सचिव  बिन्दु दहाल मूकदर्शकले गर्नुभएको थियो ।

ट्यागहरू:
सहित्य literature samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू