बिर्तामोडमा सहारा साहित्य साँझ सम्पन्न

खगिन्द्रा खुसी · मंसिर २२, २०८१ ८:१९ PM
Cover Image for News


झापा । मंसिर २१ गते सुक्रबार  झापाको बिर्तामोडमा'सहारा साहित्य साँझ' कार्यक्रम सम्पन्न भएको छ । लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदैआएको वीरता लेडी जेसीजले सहारा नेपालको सहयोगमा सम्पन्न गरेको छ सो कार्यक्रममा प्यानल डिस्कसन तथा गजल वाचन गरिएको थियो । प्यानल डिस्कसनमा प्रखर कवि मनु मञ्जिल, साहित्यकार तथा प्राज्ञ मुनाराज शेर्मा  तथा साहित्यकार मिश्र बैजयन्ती विशेष वक्ता तथा स्रष्टा लिला अनमोल सहजकर्ता रहनुभएको थियो ।
'साहित्यमा यौन तथा प्रेमको भूमिका' विषयमा केन्द्रित रहेको डिस्कसनमा बक्ताहरुले आ- आफ्नो धरणा राख्नुभएको थियो । प्रेमको सुरुवात नै यौनबाट हुने भन्दै कवि मनु मञ्जिलले शरीरमा उर्जा रहेसम्म मान्छे युवा रहिरहने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी प्राज्ञ मुनाराज शेर्माले मानव सृष्टिलाई जोगाइराख्न प्रेम र यौन आवश्यक रहेको भन्दै साहित्यमा पनि यौन मनोविज्ञान कुनै न कुनै रुपमा प्रयोग हुँदैआएको बताउनु भयो ।
साहित्यकार मिश्र बैजयन्तीले प्रेमलाई युवा युवती बिचको प्रेममा मात्र सिमित राख्न नहुने र सहज रुपमा व्याख्या गर्न नसकिने भन्दै समय, परिस्थिति र उमेर अनुसार प्रेमको प्रकार पनि फरक हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा तिनै जना वक्ताहरुले आ-आफ्ना कविता पनि सुनाउनु भएको थियो ।

सोही कार्यक्रममा झापाका दुई युवा गजलकार सिन्धु निरौला र उमेश विरोधीको विशेष गजल वाचन रहेको थियो । कार्यक्रममा उहाँहरुले दर्जन बढी दमदार गजलहरु प्रस्तुत गर्नुभएको थियो ।
सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सहित वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष कञ्चना सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मन्तव्यका क्रममा प्रमुख अतिथि गिरीले जेसीजसँगको सहकार्यमा सहारा नेपालले यस किसिमको कार्यक्रम गर्दैआएको र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने वचन व्यक्त गर्नुभयो । वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निशा शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने निवर्तमान अध्यक्ष सङ्गीता गिरीले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव मुना अधिकारी ढुङ्गेलले गर्नुभएको थियो

ट्यागहरू:
सहित्य literature news samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।