बिर्तामोडमा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न

दिलिप घिमिरे · पौष २८, २०८२ ८:३५ PM
Cover Image for News

 झापा २८पुस/बिर्तामोडमा आइतबार फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न गरिएको छ।

प्रकाशन गृह फाइनप्रिन्टद्धारा प्रकाशित पुस्तकका लेखकहरूसँग अन्तरक्रियाको आयोजना गरिएको हो। यो कार्यक्रम "फाइन प्रिन्ट फिवर - घुम्ती साहित्य उत्सव" अन्तर्गत देशका  विभिन्न अन्य शहरहरुमा सम्पन्न हुने क्रममा बिर्तामोडमा एक दिवसीय साहित्य उत्सव सहित सम्पन्न गरिएको हो।
बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ५ जना लेखक सहभागी भएका थिए ।
 कार्यक्रम विभिन्न सत्रहरुमा सम्पन्न गरिएको थियोे ।

फोटो
"हामी पिउने चियामा कसको पसिना छ?"भन्ने शिर्षकमा २०८१का मदन पुरस्कार बिजेत कृति उरमालका लेखक छुदेन काविमोसँग शिक्षक युवराज ढकालले संवाद गरे।

"के नदि जिउँदो हुन्छ?" अन्ने शिर्षकमा २०८१ पद्मश्री विजेता कृति 'छालबाटो-कैलाशदेखि गंगासम्म' लेखक रमेश भुसालसँग क्यानरी एकेडेमी,हल्दिवारीका छात्रा एलिसा बरालले संवाद गरिन्।

यस्तै,"आफुले आफैलाई कसरी निको पार्ने?"भन्ने शिर्षकमा प्रसिद्ध लेखक तथा बालरोग विशेषज्ञ डा.नवराज केसीसँग कार्यक्रम संयोजक सुनिता तामाङले संवाद गरिन्।
फोटो
"कथादेखि कथासम्म" शिर्षकमा प्रसिद्ध लेखक सुबिन भट्टराईसँग कवि तथा रंगकर्मी चोमु शेर्पा खुसीले संवाद गरिन्।
त्यसै गरि ´हिरो हुन के हुनुपर्छ?' भन्ने शिर्षकमा महानायक राजेश हमाल कवि नवराज पराजुलीले संवाद गरेका थिए।

पुस्तकको अन्तरक्रियापछि विद्यार्थीहरू रोजित बस्नेत ग्लोबल एजुकेशन एकेडेमी दमक,यन्जु श्रीहरिकुल सुरुङ्गा,शदिक्षा अधिकारी इष्ट होराइजन स्कुल
धुलाबारी,दिलाशा न्यौपाने नमुना अंग्रेजी माध्यमिक विद्यालय गौरादहले कविता वाचन गरेका थिए ।
फोटो
कार्यक्रममा आयोजक फाइन प्रिन्टका सिइओ निरज भारी ,सहआयोजक नेपाली साहित्य‌ डटका सिइओ अर्जुन उप्रेती,सहयोगी संस्थाका प्रतिनिधिहरु,झापाका विशिष्ट साहित्यिकारहरु ,पत्रकारहरु,विभिन्न विद्यालयहरुका शिक्षक,विद्यार्थीहरु ,सामाजिक व्यक्तित्वहरु र कुशल पाठक स्रोताहरुको भव्य उपस्थिति रहेको थियो। 

कार्यक्रमले पठन संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने,साहित्य,पुस्तक र पाठकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम गरिएको र उद्देश्यप्राप्तिका लागि सहयोग गर्ने सह-आयोजक´नेपाली साहित्य डट कम´र प्रायोजकहरुप्रति फाइनप्रिन्टका सञ्चालक नीरज भारीले धन्यवाद ज्ञापन समेत गरे । 

कार्यक्रम टावर टेम्पल स्कुल बिर्तामोड,ब्रिउड बुक क्याफे बिर्तामोड, रोयल्टी कर्मा र ब्रिज इन्टरनेशनल  बिर्तामोडको प्रायोजन सहयोग रहेको थियो।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।