बिर्तामोडमा 'एकसाँझ युवामाझ'कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · मंसिर १०, २०८१ ९:१९ PM
Cover Image for News

मंसिर १० । आज झापाको विर्तामोडमा 'एक साँझ युवामाझ' कार्यक्रम सम्पन्न भएको छ । झापाली स्रष्टा समाजको आयोजनामा साहित्यकार केशव आचार्यको निवासमा सम्पन्न सो कार्यक्रममा झापाका विशेषत युवा स्रष्टा/सर्जकको उपस्थिति रहेको थियो । 

फोटो.jfif 167.27 KB
चर्चित समालोचक तथा प्राध्यापक महेश पौडेलको विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा उपस्थित स्रष्टाहरुले एक एक वटा सिर्जना वाचन गरेका थिए भने विशेष पाहुना पुरुषोत्तम ढुङ्गेल, डिजी शर्मा तथा महेश पौडेलले मन्तव्य सहित आफ्ना तीन/चारवटा रचना वाचन गर्नुभएको थियो । रचना वाचन गर्ने स्रष्टाहरुमा केशव आचार्य, गणेश निरौला, लीला अनमोल, खगिन्द्रा खुसी, कृष्ण अविरल, गीता सुवेदी नेपाल, प्रसान्त वाग्ले, कुमारी चेम्जोङ, सङ्गीता कोइराला, विवेक निशानी, भिजन गुरागाईँ, ज्ञानु बुढाथोकी, हेमन्ता भण्डारी, डा.कुमार सुवेदी, अभागी थेगुवा, मिलन सङ्ग्रौला लगायत तीन दर्जन झापाली स्रष्टाहरु रहेका थिए । स्रष्टाहरुले कविता, गजल, मुक्तक, छोटा सम्वाद तथा उपन्यासका अंश समेत प्रस्तुत गरेका थिए ।
फोटो
 झापाली स्रष्टा समाज अगाडि कुपी बालेर अनौपचारिक रुपमा सन्चालन भएको कार्यक्रमको भिडियो रेकर्ड समेत गरिएको थियो भने कार्यक्रम आयोजक संस्थाका अध्यक्ष हरि वरालद्वारा सन्चालन गरिएको कार्यक्रममा स्रष्टाहरुलाई गोलाप्रथाबाट बोलाइएको थियो । कार्यक्रम साँझको दुईघण्टा चलेको थियो भने झापाली स्रष्टा समाजले यस प्रकारका कार्यक्रम यस अघि पनि गर्दै आएको छ । 

ट्यागहरू:
सहित्य literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।