भद्रपुरमा साहित्यिक विमर्श

खगिन्द्रा खुसी · असार ९, २०८१ ६:४८ PM
Cover Image for News

२०८१ असार ८ । आज भद्रपुरमा साहित्यिक विमर्श तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकाश मन्त्रालय बिराटनगरकोे सहयोगमा विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा दुई विषय–‘नेपाली साहित्यमा झापाली सर्जक’ तथा ‘नेपाली साहित्यमा विश्वेश्वर प्रसाद कोइराला’ विषयमा वहश तथा विमर्श गरिएको थियो । 
स्रष्टा लीला अनमोलद्वाारा सहजीकरण गरिएको ‘नेपाली साहित्यमा झापाली सर्जक’ विषयका बक्ता प्रा.डा.गङ्गाप्रसाद अधिकारी, डा.रत्नमणि नेपाल तथा आख्यानकार पुण्यप्रसाद खरेल रहेका थिए । झापाली स्रष्टा कसलाई भन्ने र पूरा नेपाली साहित्य लेखनमा झापाली स्रष्टाहरुको स्थान कहाँ छ भन्ने विषयमा वहश गर्दै बक्ताहरुले 

स्थायी रूपमा झापामा बसोबास गर्दै साहित्य लेख्ने, स्थायी घर झापा भएर बाहिर बसेर साहित्य लेख्ने र यहीँ झापामा घर भएका र झापामा बसेर लेखिरहेकाहरु झापाली लेखक/साहित्यकार हुन् र झापाली स्रष्टाहरु सम्पूर्ण नेपाली साहित्यको मूलधारलाई नै नेतृत्व गर्न सफल र सक्षम छन् भन्ने धारणा बक्ताहरुको रहेको थियो।
 ‘नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला’ विषयका सहजकर्ता प्राज्ञ विवश पोख्रेल थिए भने प्रा.कविराज न्यौपाने, प्राज्ञ मुनाराज शेर्मा तथा लेखनाथ भट्टराई बक्ता रहेका थिए । नेपाली साहित्यमा मनोविज्ञान तथा यौन मनोविज्ञान भित्र्याउने साहित्यकार विश्वेश्वर प्रसाद कोइरालालका बारेमा बोल्दै  प्राज्ञ  मुनाराज शेर्माले तत्कालीन सरकारी आँखाबाट बँच्नका लागि आफ्ना साहित्यमा राजनीति छैन, साहित्यमा अराजकतावादी हुँ भनेपनि उनले साहित्यबाट राजनीति नै लेखेका थिए भन्ने कुरा ब्यक्त गरेका थिए भने उनी एक माक्सवादी चिन्तन भएका लेखक हुन् भन्ने धारणा समेत बक्ताहरुले ब्यक्त गरेका  थिए । 
 जि.स.स.को भवन चन्द्रगढीमा सम्पन्न भएको कार्यक्रममा अग्रज कवि केशब आचार्य, विरही अधिकारी, अभागी थेगुवा, कुमार भट्टराई, नमुना निरौला, अनिता राजवंशी, राजेश ढुङ्गाना, खगिन्द्रा खुसी, तुलसी खरेल लगायत झापा र झापा बाहिरका एक दर्जन कविहरुले कविता वाचन गरेका थिए । 

प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको सभाध्यक्षता, गीरिराज आचार्यको प्रमुख आतिथ्य, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल, उपप्रमुख राधा कार्कीको विशेष आतिथ्य तथा भद्रपुरका सबै वडाका वडाध्यक्षहरु र विभिन्न यस क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा डाइनामिक ग्रुपका अध्यक्ष गायक अर्जुन खरेल तथा प्रान्जल साधना केन्द्रकी विद्यार्थी गायिका अनिता पौडेलले गीत गाएर मन्त्रमुग्ध बनाएका थिए । स्थानीय कलाकारहरुको नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रम सचिव देवेन्द्र गौतम तथा लता खरेलले पालैपालो सन्चालन गरेका थिए । 
 कार्यक्रम विहान एघार बजेदेखि चारवजेसम्म सन्चालन भएको थियो ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू