भारतको असम राज्यमा ‘असम नेपाली साहित्य सभा’का १०१ आजीवन सदस्य बनाएको अभिलेख

खगिन्द्रा खुसी · साउन २६, २०८१ १०:१० PM
Cover Image for News

‘असम नेपाली साहित्य सभा’ भारतवर्षको असम राज्यमा रहने नेपाली भाषी गोर्खाहरूको साहित्यिक संस्था हो। १९७४ इस्वीयमा स्थापित भएको यो संस्थाले असम राज्यका नेपालीहरूको भाषिक, साहित्यिक र शैक्षिक दिशामा काम गर्दैआएको छ। केन्द्र, जिल्ला र शाखा गरी तीनवटा स्तरमा विकेन्द्रित भएको यो संस्था असमभरि व्याप्त छ। यही संस्थाको ‘ओदालगुडी जिल्ला समिति’ले गत १७ एप्रिल, २०२४ बाट आफ्नो जिल्लामा ‘असम नेपाली साहित्य सभा’को १०० जना आजीवन सदस्य बनाउन लिएको लक्ष्य १० अगस्त, २०२४ को दिन १०१ जना आजीवन सदस्य बनाएर पूरा गरी समितिले सम्पूर्ण आजीवन सदस्यलाई आन्तरिक अभिवादन र धन्यवाद ज्ञापन गरेको छ। 
ओदालगुडीवासीले संस्थाप्रति देखाएको यस्तो आत्मीयतामा संस्थाका कर्मीहरूको हौसला निकै बढेको छ। जिल्ला समितिको यस्तो कार्यलाई केन्द्र समितिका पदाधिकारीसहित असमका सम्पूर्ण जनमानसले प्रशंसा गरेका छन्। ‘असम नेपाली साहित्य सभा, ओदालगुडी जिल्ला समिति’का सभापति – लक्ष्मण अधिकारी, मूल सचिव – मोहनकुमार रावत, साहित्य सचिव – तिलबहादुर छेत्री, शिक्षा सचिव – दीपेन्द्र उपाध्याय र साङ्गठनिक सचिव – यादवकुमार उपाध्याय तथा असम नेपाली साहित्य सभा, ओदालगुडी जिल्ला महिला प्रकोष्ठको निरन्तर प्रयासमा यो कार्य भएको जानकारी समितिका सदस्यले जनाएका छन्।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
ज्ञानबहादुर छेत्री
एक महिना अगाडि

असम नेपाली साहित्य सभा भारतमा कार्यरत ठुलो साहित्य संस्था हो। यस संस्थाका जिला शाखा र शताधिक प्राथमिक शाखाको राम्रो नेटवर्क रहेको छ। यसबारे जानकारीमूलक लेख प्रस्तुत गर्ने खगेन्द्र खुसीजीलाई हार्दिक नमन शुभकामना छ।

सम्बन्धित पोस्टहरू