बहर
डुब्दै गएँ नशामा प्याला नयन छ तिम्रो
जल्दैछु भित्रभित्रै ज्वाला नयन छ तिम्रो
मीठो भएर माया झर्दैछ हर्ष अश्रु
लागेर हर्ष उस्तै आला नयन छ तिम्रो
घायल बनेंछु आफैँ दुख्दै गएर छाती
हेर्दा अझै जवानी बाला नयन छ तिम्रो
गहिरो छ घाउ दिलमा बस्दै बसेन खाटा
थप्दैछ चोट कस्तो भाला नयन छ तिम्रो
गाजल भरेर कस्तो सुन्दर भएछ आँखा
रिठ्ठा समान लाग्ने काला नयन छ तिम्रो ।
मुजारे मुसम्मन अखरब
२८ असार २०८१
काठमाण्डौ ।
ट्यागहरू:
सहित्य
literature
sahitya
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४