भानु जयन्तीका अवसरमा मानवधर्म सेवा समितिद्वारा कविता प्रतियोगिता

खगिन्द्रा खुसी · असार ३०, २०८१ १०:२३ PM
Cover Image for News

२११ औँ भानु जयन्तीको अवसरमा नेपाल मानव धर्म सेवा समिति, मेचीको आयोजनामा अन्तरविद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा झापाका विभिन्न पालिकाका १५ वटा निजि तथा सामुदायिक बिद्यालयबाट सहभागी भएका बिध्यार्थीहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए । नेपाल मानव धर्म सेवा समिति मेचिक प्रमुख सन्त माता श्री सुवर्ण बाईजीको अध्यक्षता तथा बरिष्ठ साहित्यकार बिनोद खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको निर्णायकमा दमक मल्टिपल क्याम्पसका प्राध्यापक श्री डिल्ली भट्टराई, लेखक सङघ झापाका सचिव श्री समीर बाबु कट्टेल र साहित्यकार खगिन्द्रा खुशी रहेका थिए । 

p

कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई आधारभूत तह र माध्यमिक तह गरी २ समुहमा विभाजन गरी प्रतिस्पर्धा गराईएको थियो ।  प्रतियोगितामा दुवै समुहका प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान प्राप्त गर्ने सहभागिहरुलाई ट्रफि, प्रमाणपत्र तथा खदा द्वारा सम्मान गरिएको थियो ।  प्रतियोगितामा धारभूत तह तर्फ
प्रथम-सोमिका उप्रेती  -धुलाबारी मा.वी, द्धितीय-रोजा खडका -लिभिङ फाउन्डेसन, तृतीय- तेज कुमारी अधिकारी-काकडभिट्टा मा.वि तथा सान्त्वना-आयुष्मा निरौला -बौद्धमोड ई.बो.स्कुल भएकी थिइन् भने
माध्यमिक तह तर्फ प्रथम-वाणी सापकोटा -ईस्ट होराईजन मा.वि, द्धितीय-विकास गौतम -आदर्श मा.वि,
तृतीय -कमला पौड्यल -एमरेल्ड एकाडेमी र सान्त्वना-दिलिशा घिमिरे-धुलाबारि मा.वि भएका थिए । कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिको तर्फबाट मा.श्री धर्मिता बाईजी तथा मा.श्री प्रदिपा बाईजीले सतसङ्ग बिचार प्रस्तुत गर्नुभएको थियो भने निर्णायकको तर्फबाट साहित्यकार खगिन्द्रा खुशी ज्युले नतिजा सार्वजनिक गरेकी थिइन् । 

p

मानव धर्म मेचिका अध्यक्ष दसरथ राईले संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको कार्यक्रमको पानसमा दीप प्रज्जवलन गरी उदघाटन गरिएको थियो । कार्यक्रममा स्वयम् सेवक दलले भानुभक्तको तस्वीरमा सलामी अर्पण गरेका थिए भने कार्यक्रमको सन्चालन मानव धर्म युवा सङगठन केन्द्रीय सदस्य श्री रोशन घिमिरेद्वारा गरिएको थियो  ।

ट्यागहरू:
सहित्य literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू