भानु जयन्ती विशेष सुकबारे भेलामा थेगुवाको सपनाहरुको बहीको परिचर्चा

खगिन्द्रा खुसी · असार २९, २०८१ १०:२४ PM
Cover Image for News

लेखनाथ पुस्तकालयको असार महिनाको सुकबारे भेला सम्पन्न भएको छ । पुस्तकालयकी अध्यक्ष खगिन्द्रा खुसीको सभाध्यक्षता तथा प्राज्ञ मुनाराज शेर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, पहिचान साहित्य पुरस्कारका अध्यक्ष नरेश काङमाङ राई, भद्रपुर नगर कला साहित्य सङ्गीत प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल, अग्रज साहित्यकार डा.पुण्यप्रसाद पौडेल तथा प्राध्यापक होम सुवेदीको विशेष आतिथ्य रहेको थियो । 

सहभागी

२११औं भानु जयन्तीको समेतको अवसरमा कार्क्रममा कवि अभागी थेगुवाको कविता सङ्ग्रह सपनाहरुको बहीको परिचर्चा गरिएको थियो । परिचर्चाकार द्वय विवश बलिभद्र कोइराला तथा साहित्यकार नरेश काङवाङले कवि अभागी थेगुवाको कृति माथि चर्चा गरेका थिए । विशेष अतिथि चिन्तामणि दाहाल तथा डा.पुण्यप्रसाद पौडेलद्वारा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व तथा योगदानमाथि प्रकाश पारिएको उक्त कार्यक्रममा कवि उषा गुरुङ, निर्मला बाँस्तोला, तीर्थ चापागाईँ लगायतले भानु सम्बन्धी कविता वाचन गरेका थिए भने कवि पिताम्बर अधिकारी, आरति पोख्रेल, गीता सुवेदी नेपाल, गणेश निरौला, मायामितु मारवाडी भाषाका कवि सत्य नारायण तायल लगायत स्रष्टाहरुले सपनाहरुको बही कविता सङ्ग्रहका कविताहरु वाचन गरेका थिए । संस्थाका कोषाध्यक्ष गोविन्द कोइरालाले कविता सहित स्वागत गर्नु भएको कार्क्रममा अग्रज स्रष्टा टङ्क विकल्पले मन्तव्यका साथमा कविता वाचन गर्नु भएको थियो । पत्रकार तुलसी निरौला तथा कवि राजेश ढुङ्गाना जय भण्डारी लता खरेल पं रघुनाथ रिमाल चन्द्रमणि पौडेल रिडर्स भद्रपुरका अध्यक्ष खेमराज दाहाल लगायत पचास भन्दा बढी स्रष्टाहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्माले भानुको शक्ति अर्थात सवल पक्षको मात्र चर्चा हुने गरेको र दुर्वल पक्षको र सर्वाङ्ग पक्षको चर्चा हुन आवश्यक रहेको छ भन्ने धारणा व्यक्त गर्दै कवि अभागी थेगुवालाई बधाईका साथमा सफल साहित्यिक यात्राको लागि शुभकामना ब्यक्त गरेका थिए । सचिव हरिकिशोर आचार्यले सन्चालन गरेको कार्यक्रम पुस्तकालयको सभाहलमा दिउँसो १ देखि साढे तीन बजेसम्म सन्चालन भएको थियो । 

ट्यागहरू:
सहित्य literature samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू