भोक कविता आन्दोलनका अभियन्ता कवि प्रकाश बुढाथोकीलाई ‘मुन्धुमी माङ्गेना सम्मान’

खगिन्द्रा खुसी · पौष १३, २०८२ ७:४९ AM
Cover Image for News

झापा, पौष १३ किरात मुन्धुम प्रतिष्ठान, दमक–झापाली नेपाली कविता, साहित्यिक आन्दोलन र सामाजिक चेतनाको क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै स्रष्टा प्रकाश बुढाथोकीलाई सम्मान गरिएको छ । भोक कविता आन्दोलनका अभियन्ता कवि बुढाथोकीलाई परम्परागत किराती सांस्कृतिक विधिअनुसार मुन्धुमी माङ्गेना सम्मानबाट सम्मानित गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य प्राज्ञ सुमित्रा बाङ्देल ‘चेली’ र मुनाराज शेर्माको उपस्थितिमा सम्पन्न एक कार्यक्रममा गरिएको सम्मान कार्यक्रममा स्रष्टा बुढाथोकीलाई सम्मान स्वरूप शिरमा फेटा गुथाएपछि एक पेरुङ्गो फाक्सा (सुँगुरको मासु) र एक कटवा सिँजवा (रक्सी) अर्पण गरिएको समाचार स्रष्टा प्राज्ञ मुनाराज शेर्माबाट प्राप्त भएको छ ।

photo
२०३४/३५ सालतिर कविता यात्रा सुरु गरेका बुढाथोकीले २०३९ सालमा कवि भवानी घिमिरेले झापामा सडक कविता क्रान्तिको अगुवाइ गरेपछि यहाँको साहित्यिक वातावरण थप सजीव बनेको थियो । घिमिरेकै सल्लाह र प्रेरणामा झापाबाट ‘भोक कविता आन्दोलन’ सुरु भयो, जसमा बुढाथोकी पनि सक्रिय रूपमा जोडिए ।

घिमिरेसँगको संगतपछि झापामा कविताले नयाँ ऊर्जा पाएको र त्यसले विशेषतः युवापुस्तालाई साहित्यतर्फ आकर्षित गरेको थियो । त्यस समय झापामा हिरा आकाश, कृष्ण धरावासी, दुर्गा दाहाल, लक्ष्मण ढकाल लगायतका सर्जक त्यो आन्दोलनका हिस्सा बनेका थिए ।

ट्यागहरू:
सहित्य samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।