भोजपुरमा कवि सुनिता राई कन्दङ्वाको ‘म युग बगिरहेछु’ को परिचर्चा

खगिन्द्रा खुसी · असार १२, २०८१ १०:४९ PM
Cover Image for News

भोजपुर । यही असार ८ गते शनिबार भोजपुरको एक कार्यक्रममा कवि सुनिता राई कन्दङ्वाको ‘म युग बगिरहेछु’ कविता संग्रहको परिचर्चा गरिएको छ । प्रगतिशील लेखक संघ भोजपुरको आयोजनामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष अमृका ताम्राकारको सभाध्यक्षता रहेको थियो । 

जम्मा ७५ वटा कविताहरु सङ्ग्रहित गरिएको उक्त कविता संग्रहको बारेमा प्रगतिशील लेखक संघकी प्रदेश अध्यक्ष तिला लेकाली,  भोजपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक सुरेन्द्र कार्की र कवि कमला प्रधानले चर्चा गर्नु भएको थियो । हाल इजरायललाई कर्मथलो बनाउँदै आउनु भएकी कवि सुनिताले नेपाली साहित्यमा खेल्नु भएको भुमिकाको चर्चा गर्दै बक्ताहरुले मानवीय समवेदना,  दुःख पीडा, विकृति, विसङ्गति, भष्ट्रचार लगायतका बिषयहरु कविता संग्रहमा समेटिएको कुरा समेत ब्यक्त गरेका थिए  । 

प्रगतिशील लेखक संघ प्रदेश अध्यक्ष लेकालीले सङ्ग्रहको चर्चा गर्दे सङ्ग्रहमा समावेश भएका कविताहरुले आजको समाज, राजनीतिक एवंम बैयक्तिक जीवन, चेतना लगायतका बिषयलाई उजागर गर्दै आजको युगलाई प्रतिबिम्वित गरेको बताउनुभयो । यस्तै भोजपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक कार्कीले मातृप्रेम,  राष्ट्रभक्ति तथा देशको चिन्ता,  नारीवादी चेत,  आजको संवेदनहीन मानव समाजको चित्रण तथा  बिदेशीएका नेपालीहरुको पीडा जस्ता विषयहरुलाई कविता सङ्ग्रहले उठाएको कुरा ब्यक्त गरेका थिए । नेपाली साहित्यको विकासमा ‘म युग बगिरहेछु’ कविता संग्रहले महत्वपूर्ण भूमिका खेल्ने कुरा समेत कार्कीले ब्यक्त गरेका थिए । 

स्रस्टा सुनिताको यस अघि ‘एक जुवा घाम’ कविता सङ्ग्रह, ‘तिउरी’ कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् भने यो उनको तेस्रो कृति रहेको छ । 

कार्यक्रममा कवि काङमाङ नरेश राई, पुराना कवि शेरबहादुर मोक्तान ‘मोक्तान भाइ’, नेकपा एमालेका अध्यक्ष मक्कर खडका,  माओवादी केन्द्रका नेता जगत तामाङ, एकीकृत समाजवादीका सचिव ममिता राई, जनता समाजवादी पार्टीका सचिव नरराज काङमाङ लगायतले कविता कृति र साहित्य क्षेत्रका बिषयमा बोल्दै बैदेशिक रोजगारीका सिलसिलामा पनि साहित्यिक यात्रा जारी राखेर कवि राईले खेलेको भुमिका महत्वपूर्ण भएको कुरा ब्यक्त गरेका थिए । 

नेपाली समाजका सबै क्षेत्रमा रहेका विकृति र विसङ्गति हटाउन साहित्यले महत्ववपूर्ण भूमिका निर्वाह गर्नेकुरा बक्ताहरुले ब्यक्त गरेको कुरा कार्यक्रमकी प्रमुख बक्ता समेत रहेकी तिला लेकालीले जानकारी गराएकी छिन् ।  

ट्यागहरू:
सहित्य कविता literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू