अमेरिकामा साहित्य साधक डा.कृष्णहरि बरालसँग अन्तरक्रिया

दिलिप घिमिरे · कार्तिक ११, २०८१ १०:५३ PM
Cover Image for News

 
 ११ गते कार्तिक /जिबिएलोको आयोजनामा आज गीत तथा गजल लेखनको विषयमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरिएको छ।
 वरिष्ठ गीतकार ,गजलकार तथा समालोचक डा.कृष्णहरि बरालसँग आज अमेरिकाको ह्यारिसबर्गमा गीत र गजलका बारेमा अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा बरालका साथमा डा.शुष्मा बाँस्कोटा बरालसँगको पनि उपस्थिति रहेको थियो ।कार्यक्रम एउटा अविस्मरणीय बनेको र यो हामी साहित्य लेख्न सिकि रहेकाहरूका लागि चाड आए जस्तै भएको सहभागीहरूले बताए ।
डा. कृष्णहरी बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन्। उनको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो। सन् १९७७ मा म भक्त हुँ यो देशको नामक कविताबाट चर्चा पाएका थिए।
कार्यक्रममा उनका चर्चित गीतहरुको रचना गर्भका विषयमा सहभागीहरू जान्ने उत्सुकता राखेका थिए ।कार्यक्रममा उनले  गीत वा गजल लेखनको भिन्नताको बारेमा प्रष्ट पारेका थिए ।उनलेे गीत वा गजल लेखनमा लय,भाव,बिम्ब ,गति,यति आदिका विषयमा सहभागीहरूलाई सरल तरिकाबाट सिकाएको जिबिएलोका महासचिव पातलो अन्तरेले बताए ।

फोटो
कृष्णहरि बरालका केहि प्रख्यात गीतहरुमा
के भूल भयो प्रीया…यी हल्लाहरू हुन्.. रिसाईदेउन बिन्ति.. यहाँ देशको छ चिन्ता…मर्ने कसैलाई रहर हुँदन….जस्ता  छन्।
बरालका ५२ वटा भन्दा बढि पुस्तक र १२०० भन्दा बढी रेकोर्डेड गजल र गीत रहेका छन्।
बरालले गजल सिद्धान्तमा विद्यावारिधि गरेका छन्। बराल गीतकार मात्र होइनन् विद्यालयदेखि त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रमहरुका लेखक पनि हुन्। 
गीतसङ्गीत, साहित्य र प्राध्यापकका रूपमा परिचित डा. कृष्णहरि बरालको जीवनका विभिन्न पाटाहरु र साहित्य लेखनकलाको विषयमा जिबिएलोद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा खोतल्ने प्रयास गरिएको थियो ।

ट्यागहरू:
साहित्य #गीत# गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।