अमेरिकामा भानुको सम्झना

खगिन्द्रा खुसी · साउन ८, २०८१ १०:४७ AM
Cover Image for News

20 जुलाई 2024 
 अमेरिका स्थित पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग सहरमा बिश्व भुटानी साहित्यिक संगठन र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा २११औं भानु जयन्ती भब्य रुपमा सम्पन्न भएको छ ! अनेसासकी पूर्व अध्यक्ष एवम् साहित्यकार गिता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार डेन्जोङ साम्पाङ कवि सुदिपभद्र खनाल,  देबी दाहाल दागाने, परमा अधिकारी, गिताञ्जली सुवेदी, बशुधा रिजाल,  तुङनाथ उपाध्याय,  डि.बि. सारु, डि.पि. दुलाल, भरत तिम्सिना लगायत श्रष्टाहरुले  आदिकवी भानुभक्तको योगदानको चर्चा गर्दै आ-आफ्नो रचना सुनाएका थिए !

p

 साहित्यकार डेन्जोङ साम्पाङ र कवि नबिन भट्टराईले यसरी दुई वा त्यो भन्दा बढी संस्थाहरु मिलेर कार्यक्रम गर्दा समाजमा एकताको सन्देश जाने भएकोले आगामी दिनमा पनि मिलेर नै कार्यक्रम गर्नुपर्ने धारणा राखेको थिए !  ह्यारिसबर्गमा रहेका सामजिक र साहित्यिक संस्थाहरुबाट उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा दिलिप नेपाल, गुन्जन उपाध्याय,  गोबिन्द अधिकारी लगायतले आफ्नो गीत प्रस्तुत गरेका थिए ! कार्यक्रममा एन.आर.एन.ए. पेन्सिलभेनियाका उपाध्यक्ष अभिषेक थापा,  समाजसेबी दिपक जङ्ग बिस्वकर्मा , डा.खेम अधिकारीको उपस्थिती थियो भने शेखर कोइरालाले गजल प्रस्तुत गरेको थिए !  बेद ब्यासको ईतिहास र अनुसन्धान गरिरहेका बिद्वान
साहित्यकार काशीनाथ न्यौपानेले अमेरिकामा यसप्रकारको भब्य र सब्य कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी ब्यक्त गर्दै आफ्नो रचना सुनाएका थिए ! 

प्रमुख अतिथी गिता खत्रीले कार्यक्रम भब्यरुपमा सम्पन्न गर्नुभएकोमा बधाई छ भन्दै नेपाली जातीका भाषाका एकताका प्रतीक आदिकवीको योगदानको चर्चा गरेकी थिइन भने कार्यक्रम संयुक्तरुपमा गरेकोमा आयोजक सस्थाँलाई बधाई दिएकी थिइन ! कार्यक्रमको सभापतित्व युवा कवि एवम् जि. बि. एल. ओ.का उपाध्यक्ष आभाष रिखाम मगरले गरेका थिए भने सञ्चालन कवि गण्डकीपुत्र र गजलकार पातलो अन्तरेले गरेको कुरा अमेरिकाबाट कवि गण्डकी पुत्रले जानकारी गराएका छन् !

ट्यागहरू:
सहित्य literature news samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।