अमेरिकामा भानुजयन्ती विशेष कार्यक्रम

खगिन्द्रा खुसी · असार २७, २०८१ ८:४५ AM
Cover Image for News

प्रत्येक वर्षको असार २९ नेपालीहरुकालागि भाषिक पर्व साबित भएको छ । भाषाका माध्यमबाट नेपालीहरुलाई एकीकरण गर्ने आदिकवि भानुभक्त आचार्यलाई सम्झँदै यो साता विश्वभरका नेपालीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका छन् । भानुजयन्तीकै अवसर पारेर अमेरिकाको साहित्यिक सँस्था विश्व भूटानी साहित्यिक संगठन(GBLO) तथा अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज(अनेसास)को संयुक्त आयोजनामा जुलाई महिनाको २० तारिक अमेरिकाको हेरिसवर्गमा एक साहित्यिक कार्यक्रम सम्पन्न हुने भएको छ । प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गर्दै आएको जि.बि.एल.ओ.ले यस वर्ष अनेसाससँग सहकार्य गरेर कार्यक्रम सम्पन्न गर्ने भएको हो ।  कार्यक्रममा अमेरिकाका विभिन्न स्टेटहरुबाट आएका साहित्यकार, स्रष्टाहरुले भानुलाई सम्झँदै कविता, गजल, मुक्तक तथा आ–आफ्ना रचना वाचन गर्नेकुरा आयोजक समितिका सदस्य स्रष्टा पातलो अन्तरे जानकारी दिएका छन् ।

ट्यागहरू:
सहित्य literature samachar svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
‘अदृश्य आँसु’ सार्वजनिक
‘अदृश्य आँसु’ सार्वजनिक
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
अभागी थेगुवा विराटचाेकमा सम्मानित
अभागी थेगुवा विराटचाेकमा सम्मानित
दिलिप घिमिरे - आइतबार २३ नोभेम्बर २०२५