अकिञ्चनको लघुकथा सङ्ग्रह 'धुवाँको रङ'विमोचन

दिलिप घिमिरे · माघ ६, २०८२ ७:०८ PM
Cover Image for News

झापा ५ माघ /साहित्यकार चूडामणि नेपाल अकिञ्चनको लघुकथा सङ्ग्रह 'धुवाँको रङ' सोमबार विमोचन गरिएको छ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित   एक समारोहका बीच पूर्वाञ्चल विश्वविद्यालयका उप कुलपति विजुकुमार थपलियाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

फोटो
समारोहमा साहित्यकारहरू कविराज न्यौपाने,बलराम पोखरेल,भूषण ढुङ्गेल,हरी कट्टेल,दिङलाली कान्छो र कृतिकार चूडामणि नेपाल अकिञ्चनले मन्तव्य प्रकट गर्नुभएको थियो । 
कार्यक्रममा साहित्यकार सीमा आभास,रोशन पराजुली,मिनकुमार नवोदित,विष्णु भण्डारी र गायत्री चापागाईले विमोचित सङ्ग्रहबाट लघुकथा वाचन गर्नुभएको थियो।

फोटो
पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले गर्नुभएको थियो ।
अकिञ्चनका यसअघि कविता संग्रह, नेपाली व्याकरण, मुक्तक संग्रहलगायत कृति प्रकाशित छन्।

ट्यागहरू:
लघुकथा
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।