ऐतिहासिक वृहत् सांस्कृतिक बिसीएच मेला-२०२४ सम्पन्न

दिलिप घिमिरे · असोज २२, २०८१ ८:१६ PM
Cover Image for News

ऐतिहासिक वृहत् सांस्कृतिक बिसीएच मेला-२०२४ सम्पन्न 
 २२असोज /भूटानी समाज ह्यारिसवर्गको आयोजनामा वृहत् सांस्कृतिक बिसीएच मेला २०२४अमेरिकाको पेन्सिल्भेनियाको ह्यारिसवर्गमा आइतबार सम्पन्न गरिएको छ।
   नेपालीहरूको महान चाड दसैं र तिहारलाई लक्षित गरि आयोजना गरिएको बिसीएच मेला एउटा सांस्कृतिक एकताको प्रतिक थियो। 
 अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित ह्यारिसवर्गमा ऐतिहासिक  बिसीएच मेला भव्य रूपमा सम्पन्न गरिएको छ। नेपालको झन्डा सहित परेडबाट मेला शुरु भएको थियो। परेडमा विभिन्न जातजातिका झाँकीहरू प्रदर्शन गरिएको थियो। परेडमा तेक्वान्दो र कराटेका खेलाडीहरु र समाजका बौद्धिक व्यक्तित्वहरुको पनि सहभागी रहेको थिए ।

 भूटानी समुदायद्वारा सञ्चालन भएको यस मेलामा नेपाली संस्कृति,परम्परा,जातजातिका झाँकी र परिकारका स्टलहरू प्रदर्शनी  गरिएको थियोे ।मेलामा क्षेत्री,बाहुन राई,लिम्बू ,गुरुङ ,तामाङ ,नेवार ,मगर आदि समुदायले आ-आफ्नो संस्कार,संस्कृति,भाषा,साहित्य ,कला,रहनसहन ,  परम्परा,पहिरन,गरगहना नेपाली मौलिक खानपान,चाडपर्वको झलक,खेलकुद आदि मेलामा प्रदर्शनी गरिएको र भूटनीज कम्युनिटी ह्यारिसवर्ग (बिसीएच)ले आयोजना गरेको यो मेला अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बोर्ड अफ डिरेक्टर पातलो अन्तरेले बताए ।

सहभागीहरू आ आफ्नो परम्परागत भेषभुषामा सहभागी थिए । मेलामा नाटक,सामूहिक नृत्य ,गायन प्रस्तुत गरिएको थियो ।सबै  धर्म मान्ने नेपाली भाषीहरू मेलामा सहभागी भएका थिए ।मानौ यो  धार्मिक सहिष्णुताको जलन्त उदाहरण हो ।
 मेलामा दर्जनौं स्टलहरू राखिएका थिए । खाना, लत्ता कपडा, घरजग्गा कारोबारका जानकारी दिन पिन स्टल थिए । यस्तै नि:शुल्क स्वास्थ्य परिक्षण ,भोटर रजिस्ट्रेसनका लागि जनचेतना मूलक स्टलहरू पनि मेलामा भेटिन्थे।स्टल राखेका व्यावसायीहरुले पनि मेलामा राम्रो आम्दानी गरेको सहभागीहरुले बताए ।

 मेला भर्नका लागि पेन्सिल्भेनियाभन्दा बाहिरी राज्यबाट पनि आएकाहरू भेटिन्थे।प्रवेश नि;शुल्क गरिएकोले नेपाली बाहेकका मानिसहरू पनि बाक्लै रुपमा मेलामा उपस्थित भएर नेपाली मौलिक परिकारहरुको स्वाद लिइरहेका भेटिन्थे ।
 मेलामा सहभागी कोही खाइ रहेका देखिन्थे । कोही वर्षोंपछि भेटिएका साथी भाइसँग भलाकुसारी गर्दै थिए । मुख्य स्टेजमा दिनभर नेपालीपन झल्काउने सांस्कृतिक कार्यक्रम चलीरहेको थियो ।

कराते र तेक्वान्दोका खेलाडीहरूले पनि आ-आफ्नो कौसल प्रदर्शनी गरेका थिए । दश बजे शुरु भएको मेला साँझ पाँच बजे सम्म चलेको थियो ।मेलामा मदिरा सेवन र धूम्रपानलाई भने पूर्ण रूपमा निषेध गरिएको थियो । 

बिसीएचका अध्यक्ष तिलक निरौलाले भने- हामी विभिन्न जात जाति भाषा भाषी एक ठाउँमा भेला भएका छौ यो ठुलो कुरा हो।'यसले नेपाली एकताको सन्देश विश्वभरि फैलाएको छ। हामी अर्को वर्ष अझ ठुलो ठाउँ खोज्ने प्रयास गर्छौं भएनौ भने पनि यही ठाउँलाई व्यवस्थित गर्छौं।'
 Harrisburg Area Community College को प्राङ्गडमा आयोजित कार्यक्रमको सञ्चालन पातलो अन्तरे र माया मिश्र दुलालले गरेका थिए ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।