आख्यानकार मिलन सङ्ग्रौलाको तेस्रो कृति ‘बावऋ’गृह लोकार्पण तथा कृतिको विमर्श

दिलिप घिमिरे · भदौ १, २०८१ ७:१७ PM
Cover Image for News

आख्यानकार मिलन सङ्ग्रौलाको तेस्रो कृति ‘बावऋ’गृह  लोकार्पण तथा कृतिको विमर्श लगरिएको छ ।
झापाली साहित्य समाजले आदर्श व्याङ्क्वेटको सभाहलमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष सङ्गीता कोइरालाको अध्यक्षता, आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यता भएको थियो।
  उपन्यासकार मिलन सङ्ग्रौलाको तेस्रो कृति उपन्यास ‘बावऋ’को गृह–लोकार्पण र विमर्श गरिएको हो। 

साहित्य समाजका सदस्य पर्वत चिमरियाले स्वागत गरेको सो कार्यक्रममा ‘प्यानल डिस्कस् ’गरिएको थितो।छलफलमा सहप्राध्यापक चूडामणि वशिष्ठ, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, कवि सुभद्रा भट्टराई र उपन्यासकार मिलन सङ्ग्रौला तथा झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । 

बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथा बावऋ’उपन्यासमा प्रस्तुत गरिएको विमर्श कार्यक्रममा पर्चा  गरिएको थियो । सबै किसिमका पाठकका लागि उपन्यास उपयोगी भएको , ‘उपन्यासको भाषाशैली आकर्षक रहेको साथै यस उपन्यासले पाठकलाई बाँधेर राखिरहन सक्ने  क्षमता रहेको कार्यक्रममा टिप्पणी गरिएको थियोे ।


यो उपन्यास द्वन्द्व काल र वर्तमान अवस्था जोड्ने सेतुको भूमिकामा आएको वरिष्ठ पत्रकार चन्द्र भण्डारीको भनाइ थियो ।

झापाली स्रष्टा मिलन सङ्ग्रौला युवा पुस्ताका एक कुशल लेखक हुन्। कथासङ्ग्रह ‘च्याट गर्ल’ र उपन्यास ‘पर्पला’ लेखिसकेका सङ्ग्रौलाको ‘बावऋ’ तेस्रो कृति हो । फाइनप्रिन्टले प्रकाशन गरेको यस कृतिको मूल्य ५६० रुपैयाँ छ ।


 मैले किशोर अवस्थामा भोगेको एक कालखण्डको भोगाइसँग उपन्यास नजिक छ,’ आफूले साढे पाँच वर्ष उपन्यासका कथा र पात्रहरूसँगै बाँचेर ‘बावऋ’ लेखन पूरा गरेको लेखक मिलन सङ्ग्रौलाले बताए ।                        
यस्तै ‘बा–गफ’ भनेर उपन्यासकारका बुबा राजेन्द्र सङ्ग्रौला, काका देवीप्रसाद (डिपि) सङ्ग्रौलालाई राखेर छलफल पनि थियो र यसको सहजकर्ता  केशव आचार्य थिए । 

कार्यक्रममा प्रसिद्ध र प्रतिनिधि कविहरूलाई राखेर ‘रचना वाचन’  समेत गरिएको थियो ।कार्यक्रममा विमल वैद्य (इलाम), भरत बर्बरिक (मोरङ), विवश बलिभद्र कोइराला (झापा), रीता पोखरेल (इलाम) ले सृजना वाचन गरेका थिए ।

कार्यक्रममा प्राज्ञ सभासद मुनाराज सेर्मा,कवि नवराज पराजुली ,विवेक निशानी, पवन ढुङ्गेल, विशाल कँडेल, भिजन गुरागाईं, प्रचुर अभाव, उपन्याकारकी माता दुर्गेश्वरी सङ्ग्रौला, अनिरुद्र ओली, विन्दु दाहाल, चित्रा पौडेल, खगिन्द्र खुसी, लता खरेल, गणेश निरौला, सुशील भट्टराई, केशव भट्टराई, रविकिरण वान्तवा, कुशल, कृष्ण बराल, कुमार भट्टराई, टङ्क विकल्प, मायामितु न्यौपाने, मदन भण्डारी, तीर्थ सिग्देल, गुरुभक्त नेउपाने, माइनस–प्लस सङ्ग्रौला, माधव घिमिरे, प्राडा गङ्गाप्रसाद अधिकारी, जय आचार्य, गोपाल ओली, ध्रुव सङ्ग्रौला, हस्त परियार, डिल्लीराम परदेशी, शारदा आचार्य, लीना भण्डारी,सेलिङ केसी ,विराट किराती,दिलिप राई सगर,रुमानी कुलुङ, तुलसीप्रसाद निरौलालगायत सर्जकहरूको उपस्थिति रहेको  थियो ।
सुनीता तामाङको सन्चालनमा कार्यक्रम भएको थियो ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू