आज भारतमा नेपाली/गोर्खा भाषा मान्यता दिवस मनाइँदै
झापा ४ भाद्र/ आज २० अगस्ट भारतमा नेपाली/गोर्खा भाषा मान्यता दिवस भव्यताका साथ मनाउँदै छ।
आजको दिन भरतीय गोर्खा समाजका लागि गौरव र आत्मसम्मानको प्रतीक हो। सन् १९९२ मा भारतीय संविधानको ७१औँ संशोधनद्वारा नेपाली/गोर्खा भाषालाई आठौँ अनुसूचिमा समावेश गरी भारतको आधिकारिक भाषाको मान्यता दिइएको थियो।
हाम्रो भाषा हाम्रो पहिचान हो, हाम्रो अस्तित्व हो। यसले हामीलाई इतिहास, संस्कृति र योगदानको गाथासँग जोड्छ। स्वतन्त्रता सेनानीहरूदेखि खेलकुद, साहित्य, कला र विज्ञानसम्म नेपाली भाषी भारतीयहरूले राष्ट्र-निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन्।
यस अवसरमा नेपाली साहित्य डटकमको तर्फबाट सम्पूर्ण गोर्खा समाजलाई हार्दिक शुभकामना।नेपाली भाषा सदैव हाम्रो गौरव र पहिचानको धरोहर रहोस्।
ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित
खगिन्द्रा खुसी - शुक्रबार १४ अगष्ट २०२६
कवि राजेश ढुङ्गानाको कृति"मुटु फलाम भएर"को चर्चा परिचर्चा सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार १४ अगष्ट २०२६
कवि चौलागाईँको ‘देश बाँचे म बाँच्दछु’ विमोचन
दिलिप घिमिरे - बुधबार १२ अगष्ट २०२६
GEP अनलाइन नेपाली कक्षाको नतिजा सार्वजनिक, २०२६ सत्रका लागि भर्ना खुला
खगिन्द्रा खुसी - बुधबार १२ अगष्ट २०२६