आज बडादशैँको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

दिलिप घिमिरे · असोज २४, २०८१ ११:१६ AM
Cover Image for News

२४ असोज/नवरात्रको सातौँ दिन आज दशैंघरमा फूलपाती भित्र्याइँदै छ।

 नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ। दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।

 गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ।
 आजै गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइँदै छ। 

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैं घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।
 नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ।

 नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

 यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्।
 नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन्।

 नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

बडादशैंको सातौं दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ। फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ। सो कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ।

नवरात्री पूजासँग वैज्ञानिक महत्त्व जोडिएको छ। विज्ञानको सिदान्त अनुसार पृथ्वी सूर्यको परिक्रमा गर्छ। परिक्रमा गर्ने बेला वर्षमा चारपटक पृथ्वीको लागि साँझ पर्छ। अथवा रात्री हुन्छ अरु दिन दिनमै घुम्छ। जो असोज महिना र चैत्र महिनाको गोलमा सालमा हुने २ मुख्य नवरात्री पर्न जान्छन्। यी दुई शरद ऋतु र वसन्त ऋतुमा रोगव्याधिको प्रकोप बढ्ने सम्भावना धेरै हुन्छ। 

 यी दुई महिनामा मान्छेलाई शारीरिक बिरामले धेरै समात्ने गर्छ। मौसमी बीमारी फैलिने अधिक सम्भावना हुन्छ। त्यसैले विरामबाट बच्न निर्मल चञ्चल मन राख्न, शुद्ध भोजन खाना सफा, शुद्ध रहन यी दुई शरद ऋतु र वसन्त ऋतुमा शुख शान्ति समृद्धिको लागि पूजाआराधना गर्न नवरात्री नाम राख्न गएको हो। 

 सदा सर्वदा सुखी वुद्धि विवेक ज्ञान वैभव सम्पतिदाता र अशान्ति हटेर जान्छ। भनिन्छ, शुद्ध तन, मन सफा र शुद्ध मान्छेलाई मन्दिरमा इश्वरले  निवास दिन्छन्।सम्मान दिन्छन् र मनोकामना पूर्ण गर्छन्। इश्वरले मानसम्मान निवास दियो भने मान्छेको वास्तविक जीवन पनि इश्वर समान नै हुन्छ। त्यसैले वर्षको दुई महिनामा नवदुर्गाको पूजाआराधना गर्ने महिनाको रूपमा विज्ञानले पनि स्वीकारेको छ। 

ट्यागहरू:
संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।