वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे अभिनन्दित

खगिन्द्रा खुसी · भदौ ३, २०८१ १०:२० PM
Cover Image for News

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । विगत छ दशक देखि निरन्तर साहित्य साधना तथा साहित्यिक पत्रकारिता गर्दै आएका घिमिरेको जन्मदिनको अवसर पारेर आज साे अभिनन्दन गरिएको हो ।

Photo
नेपाल स्रष्टा समाज काठमाडौंको आयोजनामा प्रज्ञा प्रतिष्ठानको लेखनाथ सदनमा सम्पन्न भएको अभिनन्दन तथा लोकार्पण कार्यक्रममा मञ्चका अध्यक्ष श्री ओम श्रेष्ठ रोदनकाे सभाध्यक्षता रहेको थियो भने प्रा. डा. अभी सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । भैरव गुठी प्रतिष्ठानको सहआयोजनामा सम्पन्न कार्यक्रममा काठमाडौका विभिन्न साहित्यिक तथा सामाजिक नब्बे भन्दा बढी संस्थाहरुले घिमिरे  दम्पतीलाई नै एकमुष्ठ अभिनन्दन गरेका थिए ।
Photo
साहित्यकार बिजय चालिसेद्वारा स्वागत गरिएको कर्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराई, जनमत साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवाल लगायतले मन्तव्य राख्नु भएको थियो । घिमिरेको अभिनन्दन ग्रन्थ समेत लोकार्पण गरिएको कार्यक्रममा सम्पादक शेषराज शिवाकोटी, विराटनगरका गजलकार मधु पोख्रेल, झापादेखि कृष्ण सुवेदी निराकार लगायत देशभरबाट उपस्थित स्रष्टाहरूले सभाहल खचाखच भरिएको कुरा साहित्यकार कृष्ण सुवेदी 'निराकार'द्वारा जानकारी प्राप्त भएको छ।

ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।