विनेसामको साहित्यिक कार्यक्रम सम्माननीय प्रम ओलीद्वारा उद्घाटन

दिलिप घिमिरे · कार्तिक १०, २०८१ १०:३७ PM
Cover Image for News

१०गते कार्तिक /विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा आज काठमाडौंको गौशालामा विश्व साहित्य सम्मेलनको उद्घाटन गरिएको छ।
 काठमाडौंको गौशलास्थित होटल आनन्दमा भोलिसम्म चल्ने  कार्यक्रमको उद्घाटन आज कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको अध्यक्षता कार्यक्रम भएको थियोे ।

भारत सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ प्राध्यापक डाक्टर गोविन्दप्रसाद भट्टराई, आयामेली कवि बैरागी काइँला जिविएलोका अध्यक्ष कर्ण गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

photo
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रज्ञा-प्रतिष्ठानहरूका कुलपतिहरू, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका वौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू, राजदूतहरू, समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारहरू लगायतको बाक्लो उपस्थिति रहेको अध्यक्ष लिम्बूले बताए ।

कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत एवम् सम्मानित गरिएको छ ।
 साहित्यको महाकुम्भ मानिने यो कार्यक्रममा विश्वका विभिन्न देशका साहित्य साधकहरको सहभागिता रहेको र उक्त कार्यक्रममा एकै साथ १४ वटा पुस्तकहरूको लोकार्पण समेत गरिएको महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जम साम्पाङले जानकारी गराउनुभयो ।
कार्यक्रम “नेपाली साहित्यको विश्वव्यापीकारण, हाम्रो अभियान” मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा  यसै विषयमा प्रा.डा. गोविन्दराज भट्टराईले र त्यसैगरी अहिलेको जल्दोबल्दो विषय पर्यावरणीय समस्या रहेको हुनाले लामो समयदेखि पर्यावरण क्षेत्रमा काम गरिरहनु भएका असमका प्रा.डा. देवेन सापकोटाले पर्या विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आज एकै साथ लोकार्पण गरिएका १४ वटा पुस्तकहरू यस प्रकार रहेका छन्ः
 १.  विश्व नेपाली साहित्य महासङ्घको नियमित प्रकाशन “साहित्य संसार साहित्यिक वार्षिक”२. विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको मुखपत्र “नेपाल दर्पण”३. विश्व नेपाली साहित्य महासङ्घ लुम्बिनी प्रदेशको मुखपत्र “लुम्बिनी दर्पण”४. विश्व नेपाली साहित्य महासङ्घ कर्णाली प्रदेशको मुखपत्र “कर्णाली दर्पण”५. विनेसामको प्रकाशन सचिव डा. मनमूर्ती भुर्तेलको कविता सङ्ग्रह “बुद्धको देशमा”६. विनेसामको प्रकाशन संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको कृति “कल्पध्वनी”७. विनेसामको प्रकाशन केन्द्रीय कोषाध्यक्ष डा. केबि पौडेलको “मेरो कथा”८. विनेसाम भारत शाखाको प्रकाशन केन्द्रीय सदस्य देविका मंग्राती राईको कृति “काव्यप्रेक्षण”९. विनेसामको प्रकाशन लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेलको कृति “बाँकेका नारी स्रष्टा र सिर्जना”१०. विनेसामको प्रकाशन लुम्बिनी प्रदेश कोषाध्यक्ष इन्दिरा गौतम निर्भिकको कृति “इन्दु”११. कल्पना फाउन्डेशनको “कल्पाङ्कुर”१२. विनेसामको प्रकाशन हिन्दी साहित्यकार डा गोकुल क्षत्रीयको हिन्दी कविता सङ्ग्रह “धूप-छांव”१३. शिखरकवि शैलेन्द्र साकारको “साकार समय”१४. शिखरकवि शैलेन्द्र साकारको “मनको कुनै कुना”।

photo
त्यसैगरी पुरस्कृत स्रष्टाहरूमा वर्षको उत्कृष्ट पर्याकविता तर्फ-
१. श्री किशन पौडेल, हेटौँडा प्रथम- रु १५,००० र प्रमाणपत्र२. श्री समीप बैरागी, रोल्पा द्वितीय – रु १०,००० र प्रमाणपत्र३. श्री भारती न्यौपाने, काठमाडौँ तृतीय- रु ५,००० र प्रमाणपत्र ।
त्यसैगरी सम्मानित हुने व्यक्तित्वहरू- ८ हजार मिटरभन्दा अग्ला नेपालका ८ हिमालहरूको नाममा गरिने ८ साहित्यदूत सम्मान:
१. साहित्यदूत सगरमाथा- प्रा.डा. गङ्गाप्रसाद प्रसाईँ कुलपति त्रिपुरा विश्वविद्यालय, भारत२. साहित्यदूत कन्चनजंघा- प्रा.डा. सञ्जीव उप्रेती, वरिष्ठ लेखक समालोचक, काठमाडौँ३. साहित्यदूत ल्होत्से- डा. शंकरदेव ढकाल, संयोजक भारतीय साहित्य एकेडेमी परामर्श समिति, दिल्ली४. साहित्यदूत मकालु- प्रा.डा. कृष्णप्रसाद घिमिरे, अर्घाखाँची, सेवा आयोग सदस्य, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा पूर्व विभाग प्रमुख त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग५. साहित्यदूत चोयु- प्राध्यापक भारती लिम्बू, थाइलैण्ड६. साहित्यदूत धौलागिरी- शिखर कवि शैलेन्द्र साकार, काठमाडौँ७. साहित्यदूत मनास्लु-  विश्वप्रेम अधिकारी, कुलपति पुतलीबजार नगरपालिका प्रज्ञा-प्रतिष्ठान, स्याङ्जा८. साहित्यदूत अन्नपूर्ण- इच्छाराम गुरागाईं, वर्मा ।
त्यसैगरी विनेसाम सद्भावना सम्मान-
भारतीय नागरिकहरू-
१. पद्मश्री डा. येसे दोर्जे थोङ्सी, भारत (असमीया साहित्यकार)
२. डा. गोकुल क्षत्रीय, गुजरात, भारत (हिन्दी साहित्यकार)
३. डा. प्रेमानन्द रोय, पश्चिम बंगाल, भारत (बङ्गाली साहित्यकार)
चिनीया नागरिकहरू-
१. प्रा.डा. वाङ् जोङ्
प्रमुख,  दक्षिण एसिया भाषा विभाग
युनान् विश्वविद्यालय, कुनमिङ्, चीन
२. प्रा.डा. छिङ् युन् 
निर्देशक, नेपाली भाषा शिक्षण तथा अनुसन्धान केन्द्र 
अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालय 
बेइजिङ, चीन 
३. झाङ् युई 
प्रमुख, सीसीटिभी ब्युरो अफिस 
जापानिज नागरिक- 
१.युको ओकामोता, 
वाको विश्वविद्यालय, टोकियो जापान 
बंगलादेशी नागरिक-
१.अहमद सोना, बंगलादेश (बाङ्ला साहित्य)

विनेसाम अरनिको सम्मान 
 १. चेतनाथ आचार्य, चीन

photo
विनेसाम उत्कृष्ट सदस्य 
१.  कल्पना पौडेल जिज्ञासु, नेपालगञ्ज 
विनेसाम, नेपाल उत्कृष्ट प्रदेश 
१. लुम्बिनी प्रदेश/अध्यक्ष लेकप्रसाद प्याकुरेल 
आदि ।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।