विमल स्मृति पुस्तकालयले गर्यो दश उत्कृष्ट कृति र १० उत्कृष्ट कविता छनौट

दिलिप घिमिरे · कार्तिक ३, २०८१ ११:५४ AM
Cover Image for News

३ गते कार्तिक /कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनौट गरेको दश उत्कृष्ट  कृतिहरूको नाम सार्वजनिक गरेको छ ।

 स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्राप्त भएको शुक्रबार पुस्तकालयले प्रेस विज्ञप्ति मार्फत जनाएको हो।प्राप्त पुस्तकहरु मध्ये छनौटमा परेका कृतिमा दाजु गुरुङको निरजोया उपन्यास ,अभय श्रेष्ठको लहना र तीर कवितासंग्रह , गगन योक्पाङ्देनको केवाफुङ्को गीत, कवितासंग्रह,मोमिला कोप्रश्नहरू त बाँकी नै रहन्छन्, निबन्धसंग्रह, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध,  इन्दु नेपाल योन्जनको अन्तिम सेलो,कवितासंग्रह , प्रकाश थाम्सुहाङको शब्दथुम निबन्धसंग्रह , अखण्ड भण्डारीको बोरा उपन्यास , प्रवीण खालिङको चियागफ निबन्धसंग्रह , मन्जुला तामङ सुव्बाको कुहिरोभित्र घुम जोरबङ्गलो कवितासंग्रह  रहेका छन् । 

 छनौटमा परेका १० कृतिमध्ये एक कृतिलाई ताम्रपत्रसहित २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । पुरस्कार राशि नगद २ लाख रुपैंयाको रहेको छ । पुस्तकालयले दुइ वर्ष अघिदेखि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ ।

 यसैगरी विगत ३३ वर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवका लागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनौट गरेको छ । महोत्सवका लागि प्राप्त भएका ८१ कविताहरूमध्ये १० कविता छनौट गरिएको हो ।

 पुस्तकालयले सार्वजनिक गरेको कविताहरूमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदीको किनारैकिनार, मोरङका समीक्षा छिलिङ राईको फूल र म, इलामका दिपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बूढो परदेशी, फ्रान्सका प्रशान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमको रैथाने बगैचाको अर्गानिक मुस्कान र सुनसरीका दीपा मग्रांतीको देशमा मेरो अनुहार रहेका छन् ।

 उत्कृष्ट १० मध्ये प्रथमलाई नगद २१ हजार रुपैंया, दोस्रोलाई १८ हजार रुपैंया र तेस्रोलाई १७ हजार रुपैंया र प्रमाणपत्र प्रदान गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  विमल गुरुङ कृति पुरस्कार र कवितामा विजयी उत्कृष्ट तीन जनालाई २०८१ कात्तिक २४ गते शनिबार पुस्तकालय भवनमा आयोजना हुने कवि विमल गुरुङको ५३ औं जन्मजयन्ती तथा ३३ औं राष्ट्रिय कविता महोत्वमा पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।